Comments Add Comment

के तपाईं खुसी हुनुहुन्छ, केमा निर्भर छ खुसी ?

आगामी एक-दुई महिनाका विषयमा तपाईंको अनुमान कस्तो छ ? त्यतिबेला तपाईं के महसुस गर्नुहोला ?

हामी सबै जान्न चाहन्छौं कि आगामी दिन कस्ता रहन्छन् र त्यतिबेला आफू खुसी हुन्छौं वा हुँदैनौं, यो कुराको अनुमान कसरी पो लगाउने ? हामीले पछि गएर खुसी महसुस गर्छौं कि गर्दैनौं भन्ने कुरा पहिल्यै अनुमान लगाउन सक्यौं भने त्यसलाई आफूअनुकूल हुने गरी बदल्नका लागिसमेत आवश्यक
कदम चाल्न सक्छौं ।

खुसीको अर्थ

धेरै मानिसका लागि खुसीको अर्थ हुन्छ जीवनमा नकारात्मक कुरा, व्यक्ति वा चिजलाई हटाउनु । यदि हामी तनावबाट मुक्त भयौं भने, दिक्कलाग्दो स्थितिबाट छुटकारा पायौं भने, रोगलाई हरायौं भने, एक्लोपनलाई भगायौं भने, पैसाको कमीमाथि विजय प्राप्त गर्‍यौं भने, बढी सन्तुष्ट हुनसक्छौं । आफ्नो अवस्थाप्रति झन् बढी खुसी हुन सक्छौं ।

तर, के हुन्छ यदि खुसीको अर्थ एवं खुसी हुने तरिका यीभन्दा पनि धेरै भए भने ? के खुसीको अर्थ हाम्रो जीवनमा कुनै समस्या नहुनु मात्रै हो त ? वा खुसीको अर्को कुनै अर्थ छ ?

बेलायतको लिभरपुल युनिभर्सिटीका प्राध्यापक पिटर किन्डरम्यान भन्छन्-‘हामीलाई थाहा छैन कि मानिसहरू यसकार खुसी हुन्छन् कि उनीहरू जीवनबाट नकारात्मक कुराहरू हटेका छन् वा उनीहरूले खुसी हुनकै लागि अरू केही गरेका छन् ।’

केमा निर्भर छ खुसी

पिटर किन्डरम्यानको विचारमा हाम्रो खुसी धेरै हदसम्म हाम्रै सोच्ने तरिकामा निर्भर हुन्छ । उनी मानिसले गार्‍हो परेको अवस्थामा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने विषयमा अनुसन्धान गर्दै छन् । यसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा कस्तो असर पार्छ । यसका लागि पिटरले बीबीसीसँग मिलेर एउटा अनलाइन सर्भे तयार गरेका छन्, जुन खुसीको रहस्य थाहा पाउनका लागि तपाईलाई केही प्रश्न गर्छ । पुनः छ हप्तापछि सर्वेकै क्रममा केही थप प्रश्न सोधिन्छ ।

पिटर किन्डरम्यान भन्छन् कि यो प्रयोगको माध्यमबाट उनी के पत्ता लगाउने कोसिस गरिरहेका छन् भने हामी आज जे सोच्छौँ, के त्यसले हाम्रो खुसीमा असर पार्छ ? उनलाई लाग्छ, यो अनुसन्धानबाट हामी पत्ता लगाउन सक्छौँ कि हामीले खुसी रहनका लागि आफ्नो सोच्ने तरिकामा कस्तो परिवर्तन ल्याउनुपर्छ ।

पिटर बेलायतको नेसनल हेल्थ सर्भिसका सल्लाहकार मनोवैज्ञानिक हुन् । उनी भन्छन्-बारम्बार समस्याहरूका बारेमा सोच्नु र निराशावादी हुनु हाम्रो मस्तिष्कको स्वास्थ्यका लागि नोक्सानदायक छ ।

खुसी हुने कुराको अनुमान

किन्डरम्यानको अनुसन्धानबाट यदि कसैले सोच्ने तथा विचार गर्ने आधारमा भविष्यमा ऊ खुसी रहने वा नरहने कुराको अनुमान लगाउन सकिने तथ्य प्रमाणित भयो भने उसको जीवनबाट नकारात्मक सोच हटाउने तरिकामाथि पनि ध्यान दिन सकिन्छ । यसबाट मानिसहरूलाई मस्तिष्कको समस्याबाट बचाउनसमेत सकिने आश गर्न सकिन्छ ।

खुसीको खबर के छ भने जसरी हामी स्वास्थ्यसँग जोडिएका समस्याको उपचार गर्छौ त्यसरी नै सोच्ने तरिकामा परिवर्तन ल्याउने उपचार पनि विद्यमान छ । जस्तो कि काग्नेटिभ विहेवियल थेरापीबाट हामी कुनै खास कुरामाथि बढी सोचविचार गरेर व्यवहारमा परिवर्तन ल्याउन सक्छौँ ।

पिटर भन्छन्-हाम्रो खुसीको रहस्य के कुरामा लुकेको छ भने हामीले आवेगहरूको उल्झनलाई बुझौँ । त्यसपछि जे कुराले हाम्रो दिमागमा नकारात्मक विचार पैदा गर्छ, त्यसलाई कसरी पन्छाउने काम गरौँ । यो तरिकाबाट खुसी हासिल गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment