Comments Add Comment

खप्तडमा सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने


१२ चैत, डोटी । प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ ।

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने पदयात्रा तथा काव्य सम्मेलनमा नेपाल र भारतका सन्तहरु, साहित्यकारहरु र सञ्चारकर्मीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले वैशाखको मध्यतिरबाट पदयात्रा शुरु गर्ने गरी तयारी भइरहेको बताए । ‘कम्तीमा दुई–तीन महिनासम्म खप्तड पदयात्रा सञ्चालन होस् भन्ने हाम्रो उद्देश्य हो’, जोशीले भने ‘पदयात्राका क्रममा खप्तड क्षेत्रका साथसाथै डोटीमा रहेका पवित्र धार्मिक स्थलहरु शैलेश्वरी, दिलिपेश्वर, पशुपति लगायतका क्षेत्रहरुको पनि दर्शन गरिनेछ ।’

खप्तड क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास र प्रचारमा सहयोग पुर्याउने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको अध्यक्ष जोशीले बताए । ‘प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई यथार्थमा बदल्न पदयात्रा तथा सम्मेलन आयोजना गर्दैछौं’, जोशीले भने, ‘सम्मेलनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेनालगायतका समेत सहभागिता गराउने प्रयासमा छौं ।’

पदयात्रा तथा सम्मेलन कार्यक्रमअन्तर्गत चारधाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment