Comments Add Comment

पर्सा र बारामा सवारी दुर्घटना, ३ जनाको मृत्यु


१२ चैत, वीरगञ्ज । पर्सा र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को महुवन र बलुवाको बीचमा भएको दुर्घटनामा २० वर्षीय रत्न साह कलवारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार कलवारलाई ट्याक्टर र अर्को एक मोटरसाइकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कलवारलाई सुरुमा नारायणी उपक्षेत्रीय अस्पतालमा लगिए पनि पछि हेल्थ केयर अस्पताल, वीरगञ्ज पुर्याइएको थियो । प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक लोकनरायण श्रेष्ठले दिएको जानकारी दिए ।

प्रहरीले ठक्कर दिने ट्याक्टर चालक बिन्दबासिनी गाउँपालिका–३ का दिनेशप्रसाद चौरसिया र अर्का मोटरसाइकलका चालक बारा परवानीपुर–३ लिपनिमालका अजय प्रसादयादवलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

त्यसैगरी, बाराको पचरौता–७, बसपार्क नजिकै आइतबार अपरान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको भएको छ । १ जना गम्भीर छन् ।

बेनौलीबाट पिपरपातीतर्फ जाँदै गरेको भारतीय बोलेरोले श्रीनगर बैरियाबाट पिपरपातीतर्फ आउँदै गरेको द्यच् ण्छ व् डज्ञज्ञद्द नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको हो ।

प्रहरीले दुर्घटनाको पुष्टि गर्दै बारा पचरौता नगरपालिकाका सुरेन्द्र सहनी र सोही ठाँउ बस्ने ७० वर्षीय सिताराम सहनीको मृत्यु भएको जानकारी दिएको छ । मोटरसाइकल चालक सुरेन्द्रको घटनास्थलमै र सीतारामको उपचारका लागि अस्पताल जैलाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

ठक्करबाट ६५ वर्षीय डोमा सहनी गम्भीर घाइते भएका छन् । डोमाको खुट्टा, हात र टाउकोमा चोट लागेको छ । स्थानीय अस्पतालहरुमा उपचार सम्भव नभएपछि उनलाई ट्रमा सेन्टर, काठमाडौं रिफर गरिएको र त्यहाँ उनको उपचार भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले ठक्कर दिने बोलेरोको पहिचान भइसकेको र भारतीय प्रहरीसँग समन्वय गरेर ल्याउने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment