Comments Add Comment

‘शत्रु गते’लाई ३ दिनमै ३ करोड, तर तोडिएन ‘छक्का पन्जा २’को रेकर्ड


शनिबार र आइतबार परेको सार्वजनिक बिदाको राम्रो सदुपयोग गरेको चलचित्र ‘सत्रु गते’ले ३ दिनमा आक्रामक कलेक्शन गरेको छ । शुक्रबार ७० लाख आसपासको कलेक्शन गरेको यो चलचित्रले शनिबार र आइतबार बम्पर व्यापार गर्‍यो ।

निर्माता किरण केसीका अनुसार, चलचित्रले शनिबार देशभरबाट १ करोड ४३ लाखको व्यापार गरेको छ । आइतबार बिदाको दिनमा पनि चलचित्रको व्यापार आक्रामक थियो । शनिबार चलचित्रले १ करोड १२ लाखको व्यापार गरेको किरण केसीले बताएका छन् । यसरि, चलचित्रले ३ दिनमा नै ३ करोड माथिको ग्रस कलेक्शन गरेको छ ।

ओभरसिजमा समेत महंगो रकममा विक्री भएको यो चलचित्रबाट निर्माताले राम्रै कमाई गर्ने देखिएको छ । चलचित्रको यो व्यापारमा काठमाण्डौका मल्टिप्लेक्सको योगदान उच्च देखिएको छ । काठमाण्डौ बाहिरको व्यापार आशातित छैन । शनिबार केहि राम्रो देखिएपनि शुक्रबार र आइतबार चलचित्रको व्यापार सामान्य छ ।

स्टार कलाकारको उपस्थिती, गीत हिट, राम्रो प्रचारका कारण पनि चलचित्र हेर्न ३ दिन दर्शक ओइरिएका हुन् । निर्माणपक्षले चलचित्रलाई राम्रो प्रतिक्रिया आएकाले पनि लामो समयसम्म दर्शक हलमा आउने विश्वास लिएको छ ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले आजबाट गर्ने व्यापारले यसको लाइफ टाइम कलेक्शनको अड्कल हुनेछ ।

यो चलचित्रले दशैमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’को रेकर्ड भने तोड्न सकेन । ‘छक्का पन्जा २’ले ३ दिनमा साढे ४ करोडको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment