Comments Add Comment

गणेश लामाको बयान सकियो, थप १० दिन थुनामा राख्न अनुमति

१२ चैत, काठमाडौं । दुई साताअघि गौशालाबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामाको बयान सकिएको छ । बयानमा उनले त्यो आफ्नो पेस्तोल नभएको बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयमा भएको बयानका क्रममा लामाले ‘दुई जना युवकले गोली प्रहार गरेपछि मैले प्रतिकार गर्दै पेस्तोल खोसेको हुँ’ भनेका छन् ।

उनले आफूले पेस्तोल खोस्ने वित्तिकै प्रहरी आइपुगेको दाबी गरेका छन् । यद्यपि, अनुसन्धान नसकिएकाले सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर १० दिनलाई म्याद थप गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले थप अनुसन्धानका लागि म्याद थप गरिएको बताए ।

लामाको साथबाट बरामद भएको पेस्तोलको फरेन्सिक रिर्पोट आउन बाँकी छ । त्यसपछि थप अनुसन्धान अघि बढाइने परिसर स्रोतको भनाइ छ ।

को हुन् लामा ?

ठेक्कापट्टाबाट गुण्डागर्दीको दुनियाँमा प्रवेश गरेका लामा राजनीतिक आडमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

काभ्रेली समूहका नाइकेको रुपमा चिनिएका लामालाई तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारको संरक्षण थियो ।

गच्छदारसँगै उनी पनि कांग्रेस प्रवेश गरे काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेशसभा सदस्यको उम्मेदवार समेत बने । तर, एमालेका चन्द्र लामासँग पराजित हुन पुगे ।

पछिल्लो समय भने अपराधिक गतिविधिमा निष्क्रिय प्रायः थिए । उनी सिरुवा कन्ट्रक्सन कम्पनीका सञ्चालक हुन् ।

लामाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि मुद्दा चलाएको थियो । अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पनि उनीविरुद्ध प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment