+
+
Shares

गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी दिँदैनौं: प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १८:३३

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् ।

नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् ।

संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’

संक्रमणकालीन न्यायलाई बाहृय र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?