१३ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण सडक कालोपत्रे गर्ने योजनासहित काम सुरु गरेको छ ।
नगर क्षेत्रमा रहेका कुल ७०० किलोमिटिर सडक मध्ये दुई वर्षभित्र २०० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य महानगरपालिकाको छ ।
महानगर क्षेत्रमा अहिले १५६ किलोमिटर कालोपत्रे, ३६० किलोमिटर ग्राभेल र २०० किलोमिटर सडक कच्ची सडक रहेका छन् । जसमा यसै आर्थिक वर्षबाट दुई वर्षभित्र सक्ने गरी २०० किलोमिटर सडककको काम सुरु भउको छ ।
बाँकी सडक अवको पाँच वर्षभित्र कालोपत्रे गर्ने महानगरपालिकाले लक्ष्य लिएको छ । जसमा अब निर्माण हुने सडक कालोपत्रेसगै ढल र नालाको निर्माणपनि गरिनेछ ।
सडक, ढल र नाला निर्माणका लागि तीनवटा परियोजना
विराटनगर महानगरपालिकाले तीन ठूला आयोजनामार्फत यही वर्षदेखि नगर क्षेत्रका २०० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ ।
महानगरले २ वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यका साथ सडक कालेपत्रे गर्ने काम अघि बढाएको हो ।
सहरी सघन विकास कार्यक्रम,साना तथा मझौला सहर वातवारण विकास परियोजना तथा क्षेत्रीय विकास परियोजना अन्र्तगत महानगरपालिका सयुक्त रुपमा विकास निमार्णका कामलाई अगाडि बढाएको हो ।
जसमा यसैवर्षदेखि पहिलो पल्ट ४० एमएमको एसफल्ट कंक्रिट प्रयोग गरी सडक कालोपत्रेको काम सुरु गरिएको छ ।
सघन शहरी विकास विकास कार्यक्रम अन्तर्गत रु ६२ करोड र साना तथा मझौला शहर वातावरणीय विकास परियोजना अन्तर्गत दुई अर्ब ९५ करोडको लागतमा सडक कालोपत्रे हुनेछ ।
त्यसैगरी २ अर्व ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजना अन्तर्गत नाला तथा सडक निर्माण कामपनि भइरहेको छ ।
आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भएको उक्त परियोजना अन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्रे, दुबैतर्फ नाला निर्माण गरिने छ ।
महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले सघन शहरी विकास विकास कार्यक्रम अन्तर्गत १४ वटा सडकको नालासहित १३ दशमलव पाँच किलोमिटर सडकको निर्माण कार्य सुरु गरिएकोमा अहिले काम धमाधम भइरहेको छ ।
वरिष्ठ इन्जिनियर न्यौपानेका अनुसार नगर क्षेत्रमा कालोपत्रे हुने सडक मध्ये १०० मिटर सडक ४० एमएमको एसफल्ट कंक्रिट प्रयोगको मापदण्डमा सडक कालोपत्रे काम हुँदैछ ।
त्यसबाहेका १०० मिटर सडक भने ३० एमएमको प्रिमिक्स कार्पेटिङमार्फत सडक कालोपत्रे हुनेछ ।
१०० किलोमिटिर सडक कालोपत्रे हुने ४० एमएमको एसफल्ट कंक्रिट प्रयोगको मापदण्डको कालोपत्रेका लागिप्रति किलो मिटर ५० लाख लागत रहनेछ ।
महानगरपालिका भित्र तीन वर्षअघि पानीट्यांकीबाट पुष्पलालचोक जोड्ने साढे तीन किलोमिटिर सडक यसअघि ४० एमएमको एसफल्ट कंक्रिट प्रयोग गरी कालोपत्रे गरिएको थियो । यो प्रविधि गुणस्तरको हिसाबमा केही बलियो र टिकाउ मानिन्छ ।
सडक निर्माणमा प्राद्यकिरणको असहयोग
महानगरभित्र चौतर्फी भइरहेको सडक र ढल निर्माणको काममा विद्युतीय खम्बाले अवरोध पुर्याएको छ ।
विराटनगर महानगरका सरसफाइ तथा वातावरण शाखाका प्रमुख घनश्याम काˆलेले एकसाथ भइरहेको चौतर्फाी सडक र ढल निर्माणको कामले महानगर धूलाम्मे बनेको भएपनि समयम सडक र ढल निर्माणको योजनामा विद्युतीय खम्बाले अवरोध भएको बताए ।
महानगरले विद्युत् प्राधिकरण वितरण केन्द्र विराटनगरलाई पटकपटक खम्बा सारेर विकास निर्माणको काममा सहयोग गर्न आग्रह गरेपनि सुनुवाइ नगर्दा काममा अबरोध भएको उनले बताए ।
महानगरका इञ्जिनियर भरत न्यौपानेले भट्टाचोक-परोपकारघाट, पोखरीया त्रिवेणी मार्गदेखि परोपकारघाट, पुष्पमार्ग, राजबंशीचौक पश्चिम खार्जीमार्ग, कञ्चन केशलीयामार्ग, तीनपैनी-घोगा सडक कालोपत्रेको काम रोकिदै आएको छ ।
त्यसैगरी जानकी पथ, दरैहया सडक, धर्मबाँधलगायतका सडकमा भएको विद्युत् खम्बा सार्ने काम नहुँदा कालोपत्रेको काम अवरुद्ध भएको महानगरपालिका कार्यालयले जनाएको छ ।
विद्युत् खम्बा सार्ने प्रतिक्षामा महिना दिनअघिबाट कालोपत्रेको काम निर्माण कम्पनीले अगाडि बढाउन सकेको छैन ।
प्राधिरकण वितरण केन्ऽ विराटनगरका प्रमुख राजु श्रेष्ठले सडक निर्माण परियोजनाले नै विद्युत् खम्बा हटाउने काम गर्नुपर्ने र प्राधिकरणले लाइन काटिदिने प्राविधिक सहयोग मात्रै गर्ने बताए ।
प्रतिक्रिया 4