Comments Add Comment

बल्यो ट्राफिक लाइट, हट्यो प्रहरीको ‘ईशारा’


१३ चैत, काठमाडौं । मंगलबार दिउँसोसम्म नयाँबानेश्वर चोकमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गरेर फुर्सद नै थिएन । तर, अपरान्हबाट नयाँ बानेश्वर चोकमा ट्राफिक लाइट बल्न थालेपछि उनीहरूको काम सहज भएको छ ।

एकातर्फको सवारी रोक्दै अर्कोतर्फको पास गराउने नियमित कर्ममा आधादर्जन ट्राफिकको व्यवस्ता यो चोकका लागि नियमित नै थियो ।

अब भने ईशारा गरेर सवारी व्यवस्थापन गर्नुपर्ने ट्राफिक प्रहरीको बाध्यता यो चोकबाट तत्कालका लागि हटेको छ । सडक विभागले तयार गरेको यो ट्राफिक लाइट परीक्षणमा रुपमा बालिएको छ । यसबाट ट्राफिकहरुलाई सवारी व्यवस्थापन गर्न सहज भएको छ ।

सवारीहरु पनि लाइट हेरेरै चोकमा रोकिन थालेका छन् । पैदलयात्रुले पनि लाइटले गर्ने संकेतकै आधारमा सडक क्रस गर्न थालेका छन् ।

आकाशेपुल नभएको नयाँबानेश्वर चोकमा ट्राफिक लाइट पनि नहुँदा सवारी व्यवस्थापन निकै अस्तब्यस्त थियो । पैदलयात्रुको पनि चाप हुने भएकाले यो चोकसहित महाराजगञ्जमा पनि ट्राफिक लाइट सञ्चालनमा आएको छ ।

सडक विभागले अब मुख्य चोकहरुमा ट्राफिक लाइट ब्युँताउने योजना बनाएको छ । यसअघि राखेर बिग्रिएका ट्राफिक लाइट मर्मत गरेर सञ्चालनमा ल्याएपछि शहरी सवारी व्यवस्थामा सुधार आउने अपेक्षा छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment