+
+
Shares

गीत चोरीको आरोपमा ‘कृ’ का निर्माता गिरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १८:४१

१३ चैत, काठमाडौं ।  गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्मातासुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलार्इ नियन्त्रणमा लिएको हो ।

‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए ।

यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?