Comments Add Comment

स्याम्पू तथा कन्डिसनरको सही छनोट आवश्यक छः सानिया

मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सानिया सदादपुरी (२५) भारतकी चर्चित हेयर स्टाइलिस्टमध्ये एक हुन् ।

भारतीय अभिनेत्री विपाशा वसु, कंगना रनावत, रिचा चड्ढाजस्ता दर्जनौं कलाकारहरूको हेयर स्टाइल बनाएर छोटो अवधिमै बलिउडको दुनियाँमा आˆनो छुट्टै पहिचान बनाउन सफल सानिया हालै मात्र ड्यामेज प्रोटेक्सन न्यु लिवन सेरमसित अनुवबन्धित भएकी छिन् ।

बजार प्रवर्द्धन गर्ने उद्देश्यले लिवन सेरमले गत विहिवार होटल र्‍याडिसनमा आयोजना गरेको कार्यक्रममा भाग लिन नेपाल आइपुगेकी चर्चित मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सानिया सदादपुरीसित अनलाइनखबरले कपालसम्बन्धी विशेष कुराकानी गरेको थियो ।

कपालको हेरचाह र  स्वस्थ राख्ने तरिका 

कपालको हेरचाह गर्ने सबैभन्दा उत्तम उपाय भनेको स्याम्पू तथा कन्डिसनरको सही छनोट  हो ।  कुनै पनि व्यक्तिले स्याम्पू तथा कन्डिसनरको प्रयोग गर्दा स्काल्प अर्थात् टाउकाको छालाका आधारमा स्याम्पू तथा कन्डिसनरको छनोट गर्नुपर्छ ।

धेरैले स्याम्पू तथा कन्डिसनरको छनोट स्काल्पको आधारमा नभई कपालको आधारमा गरिरहेका हुन्छन्, जुन गलत हो ।

विशेषगरी, मानिस जब बजार जान्छन्, उनीहरूले यस्तो स्याम्पू खरिद गर्छन्, जसमा फर ड्राइ एन्ड ड्यामेज हेयर लेखिएको हुन्छ । मानिसहरूले नबुझेर त्यही खरिद गरिरहेका हुन्छन् । जब कि त्यस्ता स्याम्पू कपालका लागि नभई स्काल्पको लागि तयार पारिएको हुन्छ ।

स्काल्पको लागि भनेर बनाइएको स्याम्पूमा अक्सर डिटरजेन्ट, केमिकल्स, अल्कालाइन लगायतको प्रयोग भएको हुन्छ, जसले कपालको प्राकृतिक चमक हटाई कपाललाई रुखो तथा सुख्खा बनाउने गर्दछ ।

त्यसैले, स्याम्पू तथा कन्डिसनरको गर्दा हामीले बुझ्नुपर्ने के हो भने स्याम्पू भनेको टाउकाको छालाको लागि बनाइएको हुन्छ भने कन्डिसनर कपालका लागि तयार पारिएको हुन्छ ।

यसरी कपालका लागि स्याम्पूको छनोट गर्दा निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।

सही स्याम्पूको छनोट

स्याम्पूको छनोट सदैव स्काल्पको आधारमा गर्नुपर्छ । टाउकाको छाला सुख्खा छ भने ड्राई तथा ड्यामेज स्याम्पूको प्रयोग गर्नुपर्छ ।

कपाल तैलीय छ तथा स्काल्पबाट धेरै तेल निस्कन्छ भने त्यस्ता समस्या भएका व्यक्तिले मोस्चराइजर स्याम्पूको सट्टा क्लिन्जिङ्ग स्याम्पूको प्रयोग गर्नु उचित हुन्छ ।

सानियाका अनुसार मोइस्चराइजको धेरै प्रयोग गरिएको स्याम्पु अन्य स्याम्पुको तुलनामा सेतो हुनुका साथै केही गर्‍हौं किसिमको हुन्छ । जब कि क्लिन्जिङ्गवाला स्याम्पू हल्का हुनुका साथै पातलो तथा हल्का सेतो हुने गर्छ ।

सही कन्डिसनरको छनोट

त्यस्तै, सही कन्डिसनरको छनोट गर्दा कपाल अनुसारको कन्डिसनरको छनोट गर्नुपर्छ । विभिन्न किसिमको कपाललाई लक्षित गरी बनाइएको यस्ता कन्डिसनरको प्रयोग गर्दा जहिले पनि कपालको तल्लो भागमा मात्र प्रयोग गर्नुपर्छ ।

कतिपय मानिसले नबुझ्दा कन्डिसनरको प्रयोग कपालको जरादेखि नै गरिरहेका हुन्छन् । जरामा कन्डिसनरको प्रयोग गर्नाले कपाल झर्ने तथा कपालमा विभिन्न समस्या निम्तने गर्दछ ।

कन्डिसनरको प्रयोग गर्दा सकेसम्म हप्तामा कम्तीमा पनि एक पटक हेयर मास्कको प्रयोग गर्नुपर्छ । यसले, कपाललाई नरम तथा मुलायम बनाउनुका साथै कपालको चमक अझै बढाउने गर्छ ।

यसको लागि स्याम्पू गरिसकेपछि कपालमा भएका पानीलाई केही समयका लागि निथि्रनदिनु पर्छ । कपाललाई केही समयका लागि रुमालले बाँधेर पनि कपालमाको अतिरिक्त पानी हटाउन सकिन्छ । कपाललाई निचोरेर तथा हल्का भिजेकै अवस्थामा कन्डिसनरको प्रयोग गरेर पनि कपाललाई थप पोषण प्रदान गर्न सकिन्छ ।

त्यस्तै, हरेक पटक कपालमा आइरन तथा हेयर ड्रायरको प्रयोग गर्नुपूर्व लिवन सेरमजस्ता विभिन्न सेरमको प्रयोगद्वारा पनि कपाललाई तातोका कारण सुख्खा हुनबाट जोगाउन सकिन्छ ।

कपाललाई घामको विकीरणले पनि असर पार्ने हुँदा प्रत्येक पटक घरबाट बाहिर निस्कँदा यस्तो प्रोडक्टको प्रयोग गर्नुपर्छ, जसले कपाललाई घामको विकीरणबाट बचाओस् ।  यसको लागि पनि हिट प्रोटेक्टर लिवन एक राम्रो विकल्प हुनसक्छ ।

त्यसो त थुप्रै मानिस कपाल बिग्रने डरले कपला रङ्ग्याउन डराउने गर्दछन् । जब कि कपाललाई स्वस्थ राख्ने तथा आवश्यक पोषण प्रदान गर्ने एक राम्रो उपाय भनेकै कपालको कलरिङ्ग हो ।

आˆनो अनुहारको छालासित म्याच गर्ने तथा केमिकल्सरहित हेयर कलरिङ्गको प्रयोगद्वारा पनि कपाललाई स्वस्थ राख्न तथा आकर्षक देखाउन सकिन्छ ।

त्यस्तै, हप्ताको कम्तीमा एक पटक कपालमा तेल हालेर मसाज गर्दा पनि कपाल तथा टाउको स्वस्थ रहन्छ ।

कपालको मसाज गर्दा टाउकाको रक्तसञ्चार चुस्त हुनुका साथै तनाव कम हुने गर्छ । जसका कारण स्वस्थ रहनुका साथै कपाललाई फुल्नबाट समेत जोगाउन सकिन्छ । त्यति मात्र हैन, कपाललाई स्वस्थ कसरी राख्ने भन्ने कुरा पानीमा पनि भर पर्छ ।

त्यसैले, प्रत्येक पल्ट नुहाउँदा सकेसम्म चिसो तथा मनतातो पानीको प्रयोग गर्नु उपयुक्त हुन्छ । तातो पानीको प्रयोगले टाउकाका रोम छिद्रहरू खुल्छन्, जसका कारण टाउको सुख्खा हुने गर्दछ ।

भनिन्छ नि, हरेक कुराको प्रतिफल पाउनका लागि उक्त कुरालाई नियमवद्ध तरिकाले गर्नुपर्छ । आˆनो दैनिक जीवनमा यी कुरालाई लागू नगरेसम्म आफूले जति टिप्स दिए पनि त्यसको अर्थ नरहने हुँदा दिनमा कम्तीमा १५ मिनेट आˆनो लागि छुट्याएर भए पनि कपालको हेरचाह गर्न तथा स्वस्थ राख्न सल्लाह दिन्छिन् । सदादपुरी भन्छिन्, ‘अनुहारको सुन्दरताका लागि मोइस्चराइजर, कन्डिसनर, मसाज आदि जति आवश्यक छ, कपाललाई स्वस्थ राख्न तथा कपालको चमक बढाउन सही स्याम्पूको छनोट, मोइस्चर तथा कन्डिसनरको प्रयोग पनि उत्तिकै जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment