Comments Add Comment

स्पर्स लघुवित्तले २ करोडको सेयर जारी गर्ने


१४ चैत, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) निष्काशन गर्न लागेको छ । यसको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

स्पर्स लघुवित्त वित्तीय संस्थाका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ ।

यस सार्वजनिक निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६ हजार ५ सय सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment