+
+
Shares

संविधान मान्दिन भन्दै चन्दा उठाउँदैमा लोकतन्त्र कमजोर हुन्नः प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १६:३६
फाइल फोटो

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधान मान्दिन’ भन्दै चन्दा उठाउनेहरुप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

जनताले लामो संघर्ष गरेर संविधान ल्याएको भन्दै उनले भने, कोहीकोही चन्दा उठाउनेले संविधान मान्दिन भनेर धम्क्याएर चन्दा उठाएर लोकतन्त्र कमजोर हुँदैन ।’

हिंसाको सहारामा आफ्नो दुनो सोझ्याउने खेलहरु हुने भन्दै उनले त्यो सरकारलाई मान्य नहुने बताए । उनले भने, त्यस्ता प्रवृत्तिहरुलाई सरकारले रोक्छ ।’

अघि भने, ‘सार्वभौमसत्ता जनतामा छ, छानिएको सरकार छ, लोकतन्त्र छ, जनताले पार्टी-नेता छान्न सक्छ, नीति-प्रणाली छान्न सक्छ । अनि फेरि असन्तुष्टि किन ?

‘फेरि पनि भएन भने के हुनुपर्छ ?’ उनले प्रश्न गरे ।

यद्यपि सरकारले दमन भने नगर्ने उनले बताए । ‘यो सरकार दमन गर्न बनेको होइन, काम गर्न बनेको हो’ उनले भने, ‘जनतालाई साथमा लिएर देशको मुहार पर्ने हो ।’

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब आक्रामक शैलीमा अघि बढ्ने बताए । यसपालि म एकजना बालिकालाई विद्यालय भर्ना गराउछु र देशैभरका जनप्रतिनिधीले पनि गर्छन् उनले भने, ‘यसपालि वैशाख ५ गते निरक्षरताविरुद्ध हमला गरौं ।’

भ्रष्टाचार, ढिलासुस्ती लगायतका वेथितीविरुद्ध पनि यस्तै आक्रमण गरेर अघि बढ्ने प्रधानमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?