Comments Add Comment

यूएईमा फस्टाउँदै नेपाली ट्राभल व्यवसाय

२८ मार्च, दुबई । नेपाली लगानीमा यूएईमा फस्टाएको व्यवसायमा ट्राभल पनि एक मानिन्छ ।

वैदेशिक रोजगारीको आकर्षक र सहज गन्तव्य बनेको यूएईमा नेपालीहरुको संख्या बढ्दै गएका कारण नेपालीहरुलाई लक्ष्यित व्यबसाय पनि बढिरहेका छन् ।

अधिक नेपाली व्यवसायीले रेस्टुरेन्टमा लगानी गरेका छन् भने दोश्रो लोकप्रिय व्यवसायिक क्षेत्र ट्राभल नै देखिन्छ ।

ग्रीनलाइन, नमस्ते, फिस्तेल, अन्नपूर्ण, टविङ्कल, सन एन्ड मुन, कान्तिपुर, मुस्ताङ, गोलडेन एभरेस्ट, शुभयात्रा ट्राभल युएईको नेपाली व्यवसायिक क्षेत्रमा चर्चित छन् ।

नेपालीहरुले संचालन गरेका धेरै लोकप्रिय ट्राभलमा शुभयात्रा ट्राभल पनि एक हो ।

सस्तो, सरल र व्यावसायिक सेवा प्रदान गरेको यस ट्राभलले एक वर्ष सफलतापूर्वक सम्पन्न गरेको छ ।

यूएईको नेपाली सामाजिक, आर्थिक गतिविधिमा सधै अग्रपंक्तिमा देखिने यस ट्राभलले दोश्रो वर्षको शुभारम्भमै धेरै नेपाली हरुलाई पायक पर्ने मुख्य एरियामा कार्यालय स्थानान्तरण गरेको छ ।

बरदुबइकै मुटु मानिने बलिउड बिल्डिङको पहिलो तल्लामा रहेको अफिस दोस्रो वर्ष प्रबेशसँगै यूएई एक्चेन्ज र अल अहलिया एक्चेन्जको पछाडि सेभेन वन्डर टिभी सप र फुलबारी रेस्टुरेन्टसङै नेपालीहरुको लागि प्राइम लोकेशन मानिने स्थानमा सरेको छ ।

कार्यालय स्थानान्तरणको अवसरमा ट्राभल्सले दिने सेवाहरुमा व्यापक छुट दिने निर्णय गरेको संचालक तोया चम्लागाईले जानकारी दिएका छन् ।

उनका अनुसार डोमेस्टिक तथा इण्टरनेशनल हवाइ टिकट, टुरिस्ट, भिजिट र फेमिली भिजिट भिसा, होटेल बुकिङ, टुर प्याकेज, डेजर्ट सफारी लगायतका सेवामा लिने सर्भिस चार्जमा आगामी १ महिना सम्मको लागि ५० प्रतिशत सम्म छुट दिने भएको छ ।

१ हजार १ सय ६० स्क्वायर फुट स्पेस रहेको यस ट्राभल नेपालीहरुद्वारा बरदुबइमा संचालित ट्राभल्सहरु मध्ये सबैभन्दा ठूलो र आकर्शक सजवाट रहेको संचालक चौलागाईंको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment