महिलाहरू पुरुषको बारेमा आफूलाई सबै कुरा थाहा हुने सोच्छन् । विशेष गरी प्रेमी वा श्रीमान्का बारेमा सबै कुरा थाहा छ भन्ठान्छन् तर यस्तो हुँदैन । महिलाहरूले पुरुषका बारेमा थाहा पाएकी छु भनी ठानेका कतिपय कुरा भ्रमपूर्ण समेत हुनसक्छन् ।
-पुरुषहरूमा इगो धेरै हुन्छ । उनीहरू मनमनै गल्ती महसुस गरे पनि बाहिरी रूपमा त्यो दर्शाउँदैनन् । आफ्नै कुरामा अडिग भइरहन्छन् । महिलाले पुरुषको इगोमा चोट पुर्याउने काम नगर्नु नै राम्रो हुन्छ । आत्मीय सम्बन्धका लागि महिलाले पुरुषको यस्तो स्वभाव बुझ्नु आवश्यक छ ।
-पुरुषहरूको स्मरणशक्ति तीक्ष्ण हुन्छ । यो कुरा सत्य भए पनि बिडम्बना के छ भने उनीहरू आफ्नी पत्नीको जन्मदिन, उनको रुचिकर खाना, पहिरन, गानाजस्ता कुरा आदि भुल्छन् । उनीहरूले जानीबुझी यसो गरेका भने नहुन सक्छन् । उनीहरूलाई यस्ता कुरा याद गर्न गार्हो लाग्छ ।
-पुरुषहरूलाई न्यूज च्यानल, क्रिकेट एवं स्पोर्ट्स हेर्न वा त्यसबारे चर्चा गर्न पाए रमाइलो लाग्छ भन्नु ठीक होइन । उनीहरू भावनात्मक एवं पारिवारिक टिभी कार्यक्रमहरू पनि हेर्न रुचाउँछन् तर महिलाहरूले छेड नहानून् भन्ने अभिप्रायले मनको कुरा मनैमा लुकाउन खोज्छन् ।
-पुरुषहरू झूटो बोल्छन् भन्ने महिलाहरूको धारणा हुन्छ तर सच्चाइ के हो भने उनीहरू केही कुरा झूटो बोलेरै भए पनि आप\mनी श्रीमती वा पे्रमिका खुसी भएको हेर्न चाहन्छन् ।
-पुरुषहरू पनि महिलाझैं असुरक्षित महसुस गर्छन् । यो कुरा पत्याउन मुस्किल भए पनि यथार्थ के हो भने उनीहरूले आप\mनो भावना खुलेर व्यक्त नगर्ने भएकाले महिलाहरूले थाहा पाउन सक्दैनन् ।
-पुरुषहरूलाई आप\mनो गल्ती, कुनै कमजोरी वा त्रुटिका विषयमा कुरा गरेको मन पर्दैन । यो कुरामा महिलाहरू सावधान रहनु आवश्यक छ ।
-महिलाका पहिरन, मेकअप एवं हेयरस्टाइलप्रति भन्दा व्यक्तित्व एवं आत्मविश्वासप्रति पुरुषहरू बढी आकषिर्त हुन्छन् ।
-दिनभरिको गथासो सुनाउँदा पुरुषहरू वाक्कदिक्क हुन्छन् तसर्थ ठेट कुरो सङ्क्षिप्त रूपमा बताउनु राम्रो हुन्छ ।
-पुरुषहरूलाई प्रेमप्रदर्शनको मामिलामा महिलाले गरेको पहल मन पर्छ । महिला साथीले हात समाउनु, अँगालो मार्नु, आफूलाई मनाउन अनेक प्रयत्न गर्नु, वीकेन्डका लागि योजना बनाउनु, फोनमा रोमान्टिक वार्तालाप गर्नुजस्ता क्रियाकलाप पुरुषहरू औधी रुचाउँछन् ।
-सामान्यतः पुरुष आफ्नो महिला साथीको पुरुष पार्टनर आफू मात्र भएको मन पराउँछन् । अतीतकै कुरा भए पनि अन्य पुरुषसँग प्रेमिका वा पत्नीको प्रगाढ संगत सहन सक्दैनन्, यो उनीहरू आप\mनो शानको विरुद्ध हुने मान्यता राख्छन् तसर्थ पुरुषलाई यो मामिलामा भ्रममै रहन दिनु राम्रो हुन्छ । अतीतका प्रेमी वा पुरुष साथीका विषयमा कुरा नगर्नु नै वेश हुन्छ ।
महिलाहरू पुरुषको बारेमा आफूलाई सबै कुरा थाहा हुने सोच्छन् । विशेष गरी आफ्नो प्रेमी वा श्रीमान्का बारेमा सबै कुरा थाहा छ भन्ठान्छन् तर त्यो बुझाई भ्रमपूर्ण हुनसक्छन् ।
-पुरुषलाई आफूअनुकूल बदल्ने सपना देख्ने गरिएको छ भने त्यो छोडिदिनु नै श्रेयस्कर हुन्छ किनभने पुरुषहरू त्यति सजिलै परिवर्तन हुँदैनन् । सौन्दर्य, सीप, व्यक्तित्व, यौनक्षमता आदि जेसुकै प्रयोग गरेर रिझाउन खोजे पनि पुरुषहरू हो मा हो मिलाउनेभन्दा बढी केही गर्दैनन् र आफ्नो बानी पनि सुधार्दैनन् तसर्थ उनीहरू जस्ता छन् त्यस्तै रहन दिनु र त्यही रूपमा स्वीकार्नु बुद्धिमानी हुन्छ ।
-पुरुष कुनै कुरामा कसम खान्छन् भने के बुझ्नुपर्छ भने उनीहरू निराश, थकित वा क्रोधित छन् न कि साँच्चै आफूलाई प्रमाणित गर्न चाहन्छन् ।
-पुरुषहरूलाई सरप्राइज असाध्यै मन पर्छ । यो कुरा बुझेर सोहीअनुसार क्रियाकलाप गर्न सके पुरुषलाई खुसी बनाउन कुनै गार्हो छैन ।
-बढी कुरा गर्ने सवालमा महिलाहरू बदनाम छन् तर पुरुष पनि यो कुरामा पछि छैनन् । विशेष गरी सहकर्मी या हाकिमका बारेमा कुरा चल्दा पुरुषहरूले महिलालाई पनि माथ गर्छन् ।
-प्रायः पुरुषहरू सपिङप्रति त्यति रुचि लिँदैनन् । उनीहरू बढी मूल्य तिर्नुपरे पनि तयार हुन्छन् तर मोलभाउ गर्दै पसल-पसल चहार्न दिक्क मान्छन् ।
-पति वा प्रेमीले आफूसँग कुरा गर्ने क्रममा कुनै सुन्दर युवतीलाई हेरे भने पनि रिसाउनु बेकार छ किनभने सुन्दर एवं सेक्सी युवतीप्रति आकर्षित हुनु पुरुषको नैसर्गिक स्वभाव हो । यसलाई अन्यथा मानेर कुनै फाइदा छैन ।
-पुरुषहरूमा महिलाले जस्तो साथीसँग गम्भीर झैझगडा गर्ने स्वभाव हुँदैन तसर्थ जब पत्नी वा पे्रमिकासँग झगडा पर्छ उनीहरू निराश हुन्छन् ।
-पुरुषहरू रुँदैनन् भन्नु गलत हो । उनीहरू सकेसम्म पीडा सहन्छन् भने आखिरी परे रोइदिन्छन् पनि । तर पहिलेको यस्तो कुरो सुनाइदिएको पुरुष मन पराउँदैनन् किनभने उनीहरू आफूलाई कमजोर चित्रण गरेको सहन सक्दैनन् ।
-पुरुषहरू महिलाले जस्तो पहिरन छनोट गर्न समय लगाउँदैनन् । उनीहरू आधा मिनेटमै पहिरन छनोट गरिसक्छन् तर कुनै सुन्दर युवतीसँग भेट्न जाँदै छन् भनेचाहिँ कुरो अलग हुन्छ ।
-पुरुषहरू कुराकानीको विषय सदैव केटीहरू हुन्छन् भन्नु गलत हो । उनीहरू प्रायः खेल, कार, बाइक, भ्रमण वा शारीरिक तन्दुरुस्ती आदि विषयमा कुरा गर्छन् ।
-पुरुषहरू सदैव बाइक वा कार तीव्र गतिमा चलाउँदैनन् । छेउमा सुन्दर युवती बसेकी बेला उनीहरू तीव्र गतिमा चलाउँछन् अन्यथा सन्तुलित गतिमा सावधानीपूर्वक सवारी हाँक्छन् ।
-पुरुषहरूको मन चलायमान भइरहन्छ, फलस्वरूप उनीहरू एकसुरमा बसिरहन्छन् । त्यस्तो बेला महिलाले के सोचिरहेका छौ भनी प्रश्न गरे केही होइन भनेर चुप लाग्छन् । हुन पनि उनीहरूले केही सोचिरहेका हुँदैनन् । यस्तो बेलामा उनीहरूको कुरो नपत्याउँदा वा बारम्बार प्रश्न गर्दा उनीहरू रिसाउन सक्छन् ।
-पुरुषहरू प्रायः घरका सामान यताउता छरिदिन्छन्, कोठामा, बाथरुममा वा बैठकमा सामान ठीक ठाउँमा राख्ने कुरा उनीहरूलाई यादै हुँदैन । यस्तो बेलामा रिसाउनु, गाली गर्नु, हल्ला मच्चाउनुको कुनै अर्थ छैन बरु प्रेमपूर्वक कुरा गरेर उनीहरूको यस्तो बानीमा परिवर्तन ल्याउन सकिन्छ ।
-पुरुषहरू धोकेबाज हुन्छन् भन्नु ठीक होइन । कोही धोकेबाज हुन्छन् भने केही इमान्दार हुन्छन् । सबै पुरुषलाई एउटै टोकरीमा राखेर हेर्नु ठीक होइन । तसर्थ जीवनासथी चयन गर्नुअघि को कस्तो छ भनेर विचार गर्नु नै बुद्धिमानी हो ।
-पुरुषहरूले कुनै पनि बेला टाउको दुखेको, शरीर दुखेको वा अन्य कुनै प्रकारको पीडा भएको गुनासो गरेमा के बुझ्नुपर्छ भने उनीहरू महलिा साथीको साथ खोजिरहेका छन् ।
-पुरुषहरूलाई समस्या आफैंले सुल्झाउँदा रमाइलो लाग्छ किनभने यसमा पूर्णताको आनन्द प्राप्त हुन्छ । यस्तो बेलामा पत्नी वा प्रेमिकाले दिएको सल्लाह उनीहरू रुचाउँदैनन् तसर्थ चुप रहनु नै श्रेयस्कर हुन्छ ।
-पुरुषहरू सेक्स चाहँदैनन्, खाना एवं निद्रा झैं सेक्स पनि उनीहरूको आवश्यकता हो । तसर्थ यसका लागि पुरुषको पहल नपर्खीकन महिलाा साथीले पहल गरे भने उनीहरू सर्वाधिक प्रसन्न हुन्छन् । तर जब उनीहरूले पहल गरेका बेला इन्कार गरेमा त्यो सम्बन्धमा खालल पैदा गराउने पर्याप्त कारण हुनसक्छ ।
-पुरुषहरू स्वादिष्ट खानपानका सौखिन हुन्छन् । उनीहरूको प्रेम पाउन मीठा-मीठा परिकार बनाउन जान्नुले पनि फाइदा गर्छ ।
-पुरुषहरू सदैव पत्नी वा प्रेमिकालाई खुसी राख्न चाहन्छन् । त्यसका लागि यदाकदा उनीहरू सानातिना गल्ती गरिदिन्छन् । त्यस्तो बेलामा नरिसाइकन प्रेमपूर्वक आँखा तर्ने हो भने उनीहरू औधी खुसी हुन्छन् ।
-पुरुष सेक्सपछि तुरुन्तै कोल्टो फर्केर निदाउँछन् । न प्रेम प्रदर्शन गर्छन्, न धेरै कुरा नै गर्छन् । यस्तो व्यवहारका कारण पत्नीहरू चिढिन्छन् र ‘आप\mनो मतलब पूरा भएपछि के छ र, मेरो के वास्ता ?’ भन्नसमेत चुक्दैनन् । यथार्थ के हो भने पुरुषहरूको शारीरिक संरचना नै तयस किसिमको हुन्छ, सेक्सपश्चात् उनीहरूलाई निद्राले आक्रमण गर्छ । उनीहरूले प्रेम गर्दैनन् भन्नु गलत हो । तसर्थ यस्तो बेलामा रिसाउनुभन्दा प्रेमपूर्वक स्पर्श एवं प्रगाढ आलिंगन गरी केही समयपश्चात् पुनः यौनक्रियाका तयार पार्न सकिन्छ ।
-महिलाजस्तै पुरुषहरू पनि आफ्नो तौल एवं फिगरप्रति संवेदनशील हुन्छन् । त्यसमा आएको थोरै परिवर्तनले पनि उनीहरूलाई चिन्तित तुल्याउन सक्छ ।
-कुनै-कुनै पुरुषहरू स्वभावैले महिलालाई दुःख दिने, मारपिट गरेर आनन्द लिने खालका हुन्छन् । यसो गर्दा उनीहरूलाई आफू शक्तिशाली भएको महसुस हुन्छ त्यसैले बारम्बार त्यस्ता क्रियाकलाप दोहोर्याउँछन् । आफ्नो पुरुष साथी पनि त्यस्ता छन् भने उनलाई मनोचिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ । अनेक उपायबाट पनि कुनै समाधान ननिस्के सम्बन्ध तोड्नुमै भलाइ हुन्छ ।
-सेक्स र प्रेममा धेरै फरक छ तर कतिपय पुरुष यसलाई एउटै ठान्छन् । तसर्थ विवाहअघि प्रेमीसँग यौनसम्बन्ध राख्न हतारिनु हुँदैन । विवाहअघि हुँदैन भन्नु राम्रो हुन्छ, स्वीकार गर्दा उनीहरू धोका दिनसक्छन् वा नराम्रो मान्न सक्छन् ।
-ड्राइभिङ गर्ने बेलामा यसरी गर, उसरी गर भनेर सिकाएको कुनै पनि पुरुषलाई मन पर्दैन तसर्थ यस्तो कुरामा चुपचाप बस्नु नै राम्रो हुन्छ ।
-पुरुषहरू बढी नै मुडी हुन्छन् तसर्थ सम्बन्धलाई महिलाले नै सम्हाल्नुपर्छ । सम्बन्ध टुटिसकेपछि जोड्न उपन्यास तथा चलचित्रमै मात्र सहज हुन्छ, वास्तविक जीवनमा होइन । यथार्थमा टुटेको सम्बन्ध जोड्न निकै कठिन हुन्छ ।
-पुराना विचारका पुरुषलाई रेष्टुराँको बिल आफैंले तिर्नु राम्रो लाग्छ तर हिजोआजका केटाहरू केटीले बिल तिर्दा वा बाँडेर तिर्दा खुसी हुन्छन् ।
प्रतिक्रिया 4