Comments Add Comment

डेभिड वार्नरको १० बिस्फोटक खेल, जसलाई वर्षभर ‘मिस’ गरिनेछ

१५ चैत, काठमाडौं । केपटाउनमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेट खेल्ने क्रममा बल टेम्परिङमा दोषी पाइएपछि अष्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

यही मुद्दामा दोषी पाइएका व्याट्सम्यान क्यामरुन बेनक्राफ्टलाई नौ महिनाको प्रतिबन्ध लागेको छ । अब यी तीन खेलाडी प्रतिबन्धको समयअवधिभर अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट टाढा रहनेछन् ।

यसबाट बिस्फोटक व्याटिङ गर्ने वार्नरका फ्यानहरु निराश छन् । उनले धेरै विस्फोटक पारी खेलेका छन् । डेभिड वार्नरले खेलेका १० विस्फोटक पारीको बारेमा यहाँ चर्चा गरिएको छ–

वानडेको यादगार पारी

वार्नरले हालसम्म १०६ वानडे खेलेका छन् जसमा उनले ४ हजार ३४३ रन बनाएका छन् । उनको उच्चतम स्कोर भने १७९ रन हो । उनले जनवरी २०१७ मा पाकिस्तानविरुद्ध १७९ रन बनाएका थिए । उनले वानडेमा १४ शतक पनि प्रहार गरे ।

अफगानिस्तानविरुद्ध १७८ रन

सन् २०१५ को ४ मार्चमा अफगानिस्तानविरुद्ध वर्ल्ड कप क्रिकेटमा वार्नरले खेलेको खेललाई कसैले भूल्न सक्दैन जसमा उनले १३३ बलमा १७८ रन बनाएका थिए । त्यसमा उनको १९ चौका र ५ छक्का सामेल थियो ।

अष्ट्रेलियाले अफगानिस्तानसामू ४१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, अफगानिस्तान केलब १४२ रनमा समेटियो र अष्ट्रेलियाले यो म्याच २७५ रनले जित्यो ।

दक्षिण अफ्रिकाविरुद्ध १७३ रन

सन् २०१६ को नोभेम्बर १२ मा दक्षिण अफ्रिकाविरुद्ध वार्नरले रनको वर्षा नै गरे । केपटाउनमा भएको खेलमा वार्नरले १३६ बलमा १७३ रनको योगदान गरे । बिस्फोटक ब्याटिङ गरेका वार्नरले त्यसक्रममा २४ चौका प्रहार गरेका थिए । तर उनले आफ्नो टिमलाई जिताउन भने सकेनन् । ३२८ रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलियाले २९६ रनमात्रै बनाउन सक्यो ।

न्यूजिल्याण्डविरुद्ध १५६ रन

सन् २०१६ को डिसेम्बर ९ मा मेलबर्न क्रिकेट मैदानमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच खेल भएको थियो । त्यहाँ पनि वार्नरले तुफानी पारी खेले । उनले १२८ बलमा १५६ रन बनाएका थिए । उनले १३ चौका र ४ छक्का प्रहार गरे । अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध २६४ रनको चुनौति पेस गर्‍यो । तर, न्यूजिल्याण्डले १४७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानविरुद्ध १७९ रन

गत वर्ष २६ जनवरीमा वार्नरले पाकिस्तानविरुद्धको खेलमा १७९ रनको बिस्फोटक पारी खेले । यो उनको वानडे क्रिकेटमा उच्चतम स्कोर पनि बन्यो । वार्नरले १२८ बलमा १७९ रनको धुवाँधार पारी खेले । अष्ट्रेलियाले पाकिस्तानसामू ३६९ रनको विशाल चुनौति पेस गर्‍यो । जवाफमा पाकिस्तानको टिम ३१२ रन बनाएको थियो ।

टेस्ट क्रिकेटमा २७४ रन

डेभिड वार्नरले टेस्ट क्रिकेटमा पनि सशक्त खेल प्रदर्शन गरेका छन् । सन् २०१५ को नोभेम्बर १३ मा न्यूजिल्याण्डविरुद्ध वाका ग्राउन्डमा वार्नरले २५३ रनको खेल यादगार रह्यो ।

२५३ रन, टेस्ट क्रिकेटमा वार्नरको उच्चतम स्कोर हो । यद्यपि यो म्याच बेनतिजा रह्यो ।

टी-२० मा यादगार पारी

डेभिड वार्नरले टी-२० मा कयौं यादगार खेल खेलेका छन् । उनले कुल ७० अन्तर्राष्ट्रिय खेलमा कुल १ हजार ७९२ रन बनाएका छन् । यद्यपि उनले शतक भने हान्न सकेनन् ।

यहाँ वार्नरले टी-२०मा खेलेका केही विस्फोटक खेलबारे चर्चा गरौं-

दक्षिण अफ्रिकाविरुद्ध ८९ रन

डेभिड वार्नरले सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध  बिस्फोटक व्याटिङ गरे । ४३ बल सामना गरेका उनले ८९ रनको योगदान गरे । वार्नरले ७ चौका र ६ छक्का प्रहार गरेका थिए । अष्ट्रेलियाले दिएको १८२ रनको चुनौतिसामू दक्षिण अफ्रिकाका १३० रनमा अलआउट भयो ।

भारतविरुद्ध ७२ रन

सन् २०१० को मे महिनामा भारत र अष्ट्रेलियाबीचको खेलमा पनि वार्नरको खेल यादगार रह्यो । उनले ४२ बलमा ७२ रन बनाएर तहल्का मचाइदिए । यस क्रममा उनले ७ छक्का र २ चौका प्रहार गरे । अष्ट्रेलियाले भारतसामू १८४ रनको चुनौति पेस गर्‍यो तर भारतले केबल १३५ रन बनाउन सक्यो ।

श्रीलंकाविरुद्ध ९० रन

डेभिड वार्नरले सन् २०१३ को जनवरी २६ मा ६२ बलमा नटआउट ९० रन बनाएर श्रीलंकाको होस उडाइदिएका थिए । त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे । टी-२० क्रिकेटमा ९० रन वार्नरको उच्चतम स्कोर हो । यद्यपि अष्ट्रेलियाले यो म्याच हार्‍यो ।

अष्ट्रेलियाले २० ओभरमा १३७ रन बनाएको थियो । श्रीलंकाले १८ ओभर ५ बलमा १३९ रन बनाएर विजय हासिल गर्‍यो ।

न्यूजिल्याण्डविरुद्ध ५९ रन

सन् २०१८ मा वार्नरको लागि यो मात्र यादगार खेल हो जुन उनले न्यूजिल्याण्डविरुद्ध खेलेका थिए । वार्नरको मद्दतमै अष्ट्रेलियाले न्यूजिल्याण्डलाई हराएको थियो ।

न्यूजिल्याण्डले २४४ रनको लक्ष्य अष्ट्रेलियासामू पेश गरेको थियो । जवाफमा वार्नरले ओपनिङ गर्दै ५९ रन बनाए । उनले २४ बल सामना गरेका थिए । त्यसक्रममा वार्नरले ४ चौका र ५ छक्का प्रहार गरे ।

आईपीएल पनि शानदार खेल

प्रतिबन्ध लागेका कारण यस वर्षको आईपीएलमा वार्नर खेल्न पाउने छैनन् । तर विगतका आईपीएलमा उनले शानदार खेल खेलेका छन् । यस्तै यादगार खेल गत वर्ष कोलकाता नाइटराइडर्सविरुद्धको थियो । सन् २०१७ को अप्रिलमा हैदरावादमा भएको खेलमा बिस्फोटक व्याटिङ गर्दै वार्नरले ५९ बलमा १२६ रन बनाए । त्यसक्रममा उनले १० चौका र ८ छक्का प्रहार गरेका थिए ।

वार्नरको १२६ रनको मद्दतमा सनराइजर्स हैदरावादले तीन विकेटको क्षतिमा २० ओभरमा २०९ रन बनाएको थियो । जवाफमा कोलकाताले केबल १६१ रन बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment