Comments Add Comment

आरम्भ माइक्रोको नेटवर्थ सय मुनि, कतिमा होला कारोबार ?


१५ चैत, काठमाडौं । आरम्भ माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय रुपैयाँभन्दा पनि मुनि छ । यही कारण कम्पनीले पहिलो कारोबारको लागि ८१ रुपैयाँदेखि दुई सय ४५ रुपैयाँसम्मको मूल्य रेञ्ज पाएको छ ।

नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य दिने चलन छ । थोरै चुक्ता पुँजीका कम्पनी भएपनि लघुवित्त कम्पनीको सेयरमा आकर्षण देखिदै आएको छ ।

बढि लाभांश पाइने आशमा आकर्षण देखिने गरेको हो । यही कारण लगानीकर्ताहरुले कम्पनीको अवस्था जस्तो भएपनि यस समूहका जुनसुकै सेयरमा पनि आँखा चिम्लेर लगानी गर्ने परिपाटी छ । सेयर जारी पछि ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले आवहानपत्रमा २०७६/७७ मा सात करोड २० लाख पुर्याउने उल्लेख गरेको थियो ।

सोही अनुसार पुँजी वृद्धि गरेमा सो अवधिमा २० प्रतिशत प्रतिफल पाउने सम्भावना बन्छ । कम्पनीको सेयरमा २५ गुणाभन्दा बढि आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment