Comments Add Comment

हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

१५ चैत, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटाैंडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

बुधवार प्रदेशसभा सचिवालयमा काभ्रेलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता भएपछि हेटौंडामा आन्दोलन शुरु भएको हो ।

एमाले सांसद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउन गरेको प्रस्तावमा माओवादीका रत्न ढकाल र एमालेका लक्ष्मण लम्साल तथा बसुन्धरा हुमागाईले समर्थन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment