Comments Add Comment

‘सत्रु गते’ हिट भएपछि केक काटेर मनाइयो खुशियाली


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’ले व्यापारिक रुपमा सफलता हासिल गरेपछि यसको निर्माणपक्षले खुशीयाली साटेको छ । काठमाण्डौको बीग मुभिजमा आयोजना गरिएको कार्यक्रममा यसको निर्माण टिमले केक काटेर खुशियाली मनायो । चलचित्रका वितरकहरुले यो कार्यक्रमको आयोजना गरेका थिए ।

चलचित्रले वुधबारसम्म काठमाण्डौबाट ३ करोड २५ लाखको ग्रस कलेक्शन गरेको यसका वितरक गोपाल कायस्थले जानकारी दिए । यस्तै, मोफसलका ९० हलबाट चलचित्रले २ करोड ३७ लाख ग्रस कलेक्शन गरेको वितरकले जानकारी दिए ।

चलचित्रले ५ दिनमा ५ करोड ६२ लाखको कारोबार गरेको वितरकहरुको भनाई छ । नेपाली चलचित्रले कमजोर व्यापार गरिरहेको समयमा एउटा राम्रो चलचित्र चलेको भन्दै निर्देशक प्रदिप भट्टराइले खुशी व्यक्त गरे । चलचित्र भोलीबाट झनै चल्ने विश्वास यसको निर्मापक्षको छ ।

केक काट्ने कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, अभिनेत्री आँचल शर्मा, निर्माता किरण केसी लगायत उपस्थित थिए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, शिवहरि पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment