+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल, पुनर्विचार गर्न प्याब्सनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते ९:०७
चैत ८ गतेबाट सुरू एसईई परीक्षा अनुगमन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेल । परीक्षा चैत २० गते सकिन्छ ।

१६ चैत, काठमाडौं । एसईई परीक्षाको बीचमै गरिएको शैक्षिक हड्तालले शिक्षा क्षेत्रलाई हेर्ने विद्यार्थी संगठनहरुको दृष्टिकोणमा प्रश्न उब्जाएको प्याब्सनले जनाएको छ ।

यही चैत २३ गते निर्धारित अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी संगठनहरुले चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका छन् । यही चैत ८ गतेबाट शुरू भएको एसईई परीक्षा चैत २० गते मात्र सकिन्छ ।

‘शैक्षिक हड्ताल गर्नु आफैमा दुःखद हो,’ प्याब्सनका महासचिव राजेन्द्र बानियाँले अनलाइनखबरसँग भने, ‘परीक्षाकै बीचमा हड्ताल गरिँदा विद्यार्थीहरुको मानसिकतामा कस्तो असर परेको होला ?’

महासचिव बानियाँले निर्णय पुनर्विचार गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरे ।

विद्यालय शान्ति क्षेत्र घोषित भए पनि बिभिन्न बहानामा बन्द हड्ताल हुँदै आएको छ । सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि चक्काजाम गरेका छन् ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै प्रमुख विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?