+
+
Shares

साउदीमा जेल परेका रानालाई छुटाउन ब्लडमनी संकलन शुरू

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १७:५७


१६ चैत, काठमाडौं । ७ महिनादेखि साउदीमा जेलजीवन बिताईरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवनरक्षाको लागि ब्लड मनी डोनेशन अभियान-२०१८ सुरु गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पीडितको तर्फबाट राना मगरको जीवन रक्षाको लागि ब्लडमनि संकलन अभियानले पत्रकार सम्मेलन गरेर शुक्रबारबाट अभियान सुरु गरेको जानकारी दिइएको हो ।

कुमार रानाकी श्रीमती अम्बिका रानामगरले साउदीमा जेलजीवन बिताइरहेका आफ्ना पति रानाको उद्धारमा साथ दिनको लागि आग्रह गरेकी छिन् ।

‘पाँच महिना बितिसक्दा पनि कतैबाट उद्दारको पहल भएन,’ उनले भनिन् ।

राना द गोरखाज नामक म्यानपावरबाट साउदी गएका थिए । ‘उहाँले रोकी राख्नुभएको गाडिमा पछाडिबाट आएको गाडीले ठक्कर दियो र त्यही केशमा उहाँलाई विभिन्न कागजमा सही गर्न लगाएर फसाईएको छ,’ श्रीमती रानाले भनिन् ।

कम्पनीका मालिकले घाईते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा स-हस्ताक्षर गर्न लगाएर कुमार रानालाई फसाईएको पीडित परिवारको दाबी छ ।

रानाको बाआमा श्रीमती, दुई छोरी र एक छोरा छन् । उनलाई उद्दार गर्नको लागि नेपाली करिव ८३ लाख रुपैयाँ लाग्ने बताइएको छ । परिवारले आफूहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकोले सहयोगको याचना समेत गरेको छ ।

कुमार रानाको जीवन रक्षाको लागि सहयोग गर्न चाहनेले प्रभु बैंक कलंकी शाखाँ काठमाडौंमा रहेको खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा सक्दो सहयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?