Comments Add Comment

भूवन र जीयाको ‘खुल्लम खुल्ला प्यार’

नायक भूवन केसी र नायिका जीया केसीको प्रेमको बारेमा त सबै जानकार छन् । तर, यो जोडी अहिलेसम्म एकसाथ सार्वजनिक कार्यक्रममा देखिएको थिएन । कतै सँगै पुगिहाले पनि मिडियालाई छलेर हिँड्ने गरेका थिए ।

तर, केही दिनअघि स्कटल्याण्ड जाने क्रममा उनीहरु स्पोट भए । त्यतिबेला पनि भूवनसँगको तस्बिर सार्वजनिक नहोस् भनेर जीया लामो समय लुकेकी थिइन् । तर, मिडियाले उनीहरुलाई क्यामरामा कैद गरिछाडे । त्यो घटनापछि भने उनीहरु मिडियासँग लजाउन छोडेका छन् ।

काठमाडौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा भूवन र जीया एकसाथ गफिदै पुगे । जीया यो कार्यक्रममा आकर्षक बनेर पुगेकी थिइन् । अब भने भूवन र जीयाको ‘खुल्लम खुल्ला प्यार’ देखिन थालेको छ ।

सुश्मिता केसीसँगको विवाह टुटेपछि भुवन जियासँग नजिकिएका हुन् । धेरै वर्षदेखि उनीहरु लिभिङ टुगेदरमा छन् । जियाले ‘एटिएम’ लगायत केही फिल्महरु खेले पनि कुनै सफलता पाउन सकेकी थिइनन् । भुवनसँगको सम्वन्ध उनका लागि लाइमलाइटमा आइराख्ने माध्यम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment