Comments Add Comment

रुँदै वार्नरले मागे माफी, अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने


१७ चैत, काठमाडौं । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् ।

बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले बनाएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नर मानिएको छ । यद्यपि, यसबारे छानविन जारी छ ।

शनिबार पत्रकार सम्मेलन गरेर वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए । साथै उनले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment