Comments Add Comment

सदावहार जवानीको रहस्यः सकारात्मक सोच

सदैव जवान रहने चाहना कसलाई नहोला र ? तर चाहना हुँदैमा पूरा हुन्छ भन्ने छैन ।

बढ्दो उमेरको प्रभाव छालामा देखिनु सामान्य कुरा हो । तर जस्तो मन उस्तै तन भन्ने भनाइप्रति पनि बेवास्ता गर्नु हुँदैन । नब कसैलाई आफू लामो समयसम्म जवान देखिने चाहना हुन्छ उसको हाउभाउ, चालचलन, सोचविचार तथा अन्य समग्र व्यवहार पनि त्यसैअनुसार हुन्छ ।

हिजोआज त नयाँ नयाँ प्रविधिको विकास भएका छन् जसले जवानी कायम राख्न मद्दत पुर्‍याइरहेका छन् । हरेक व्यक्ति बढ्दो उमेरमा समेत आफूलाई तन्दुरुस्त एवं जवान राख्ने प्रयास गरिरहेकै हुन्छन् ।

विशेषज्ञहरू भन्छन्- जन्मसँगै छालाको उमेर बढ्न थाल्छ । छालामा बढ्दो उमेरको प्रभाव कम गर्नका लागि खानपान, जीवनशैली एवं सोचाइमा परिवर्तन गर्नु अत्यन्त जरुरी छ ।

जसै उमेर बढ्दै जान्छ,  कपाल फुल्दै जान्छ, अनुहारमा चाउरी पर्न थाल्छ । दृष्टि कमजोर हुन थाल्छ । यसका साथै उमेर बढेसँगै छालाको तल्लो भागमा हुने बोसो समेत कम हुन थाल्छ । फलस्वरूप छाला पातलो हुन थाल्छ, चाउरी देखिन थाल्छ । यस्ता समस्यालाई हिजोआज कस्मेटोलोजिस्ट उपचारका सहायताले उपाचार गरिँदै आइएको छ, जसमा फिलर्स र बोटोक्सजस्ता प्रविधि पर्दछन् ।

उमेरको प्रभाव कम गर्नका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ:

-दिनचर्या नियमित राख्ने । हरेक काम समयमै पूरा गर्न प्रयास गर्ने । पर्याप्त निद्रा लिने । आवश्यकताभन्दा धेरै सुत्नु अथवा कम सुत्नु दुवै स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छन् ।

-नियमित व्यायाम गर्ने ।

-तनाव कम गर्ने । कुनै विपत्ति आइलागे सकारात्मक सोच राख्ने ।

-आत्मविश्वासलाई डग्न नदिने ।

-हाँस्नु पनि एक राम्रो व्यायाम हो । हाँस्न कन्जुस्याइँ नगर्ने । दिल खोलेर हाँस्ने ।

-रचनात्मक कार्यमा मन लगाउने ।

-फास्ट फुड तथा जंक फुडको साटो सादा एवं प्राकृतिक खानपानलाई प्राथमिकता दिने ।

-खानामा फरक-फरक रंगका सागसब्जी तथा फलफूल समावेश गर्ने । पानी पर्याप्त पिउने ।

-कहिल्यै पनि अरूजस्तो देखिन प्रयास नगर्ने । आप\mनो छुट्टै पहिचान बनाउने ।

-आप\mनो जीवनशैली तथा फिटनेसमा सदैव ध्यान दिने ।

-घरबाहिर निस्कनुअघि सनस्क्रीन क्रिम लगाउने ।

-एक्लोपनबाट बच्ने । सामाजिक गतिविधिमा सकेसम्म बढी भाग लिने ।

-सदैव अनुभवी डाक्टरको सम्पर्कमा रहने ताकि कुनै पनि कस्मेटिक उपचार समस्या नबनोस् ।

बढ्दो उमेरलाई कम देखाउन मानसिक स्थितिको ठूलो भूमिका हुन्छ । सौन्दर्य विशेषज्ञहरूका अनुसार क्रिम वा खानपान बढ्दो उमेर कम देखाउनका लागि जति सहयोगी हुन्छन् त्योभन्दा बढी मानसिक अवस्थाले सहयोग गर्छ । तसर्थ मानसिक रूपमा तन्दुरुस्त रहनु आवश्यक छ । कतिपय अवस्थामा मानिस समस्यालाई लिएर अत्यधिक चिन्तित हुन्छ । ऊ त्यो कुरा कसैलाई नभनी आफैं सुल्झाउने प्रयास गर्छ जुन गलत हुनसक्छ । कुनै पनि समस्या वा कठिनाइलाई आफ्नो परिवार वा डाक्टरको सहयोग लिएर सुल्झाउनु उपयुक्त हुन्छ । यसो गर्दा डिप्रेसन कम हुन्छ । मेनोपजपछि अधिकांश महिलाहरू आप\mनो आकर्षण कम भयो भनेर सोच्न थाल्छन्, जब कि वास्तविकता त्यस्तो हुँदैन । हरेक व्यक्तिको मानसिक एवं शारीरिक बनावट फरक हुने गर्छ ।

बढ्दो उमेरलाई मनको शक्तिद्वारा लगाम लगाउन सम्भव छ तर जसको मन नै बूढो हुन्छ त्यसको उपचार सम्भव छैन, भए पनि अत्यन्त कठिन छ । त्यसकारण सकारात्मक सोच अँगाल्नु नै सदावहार जवानीको रहस्य हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment