Comments Add Comment

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको प्रथम अधिवेशन २२ जुनमा हुने

१ अप्रील, दुबई । गत नोभेम्बर २६ तारिकका दिन गठन भएको राष्ट्रिय लोकदोहोरी प्रस्तिस्ठान युएई शाखाको प्रथम अधिवेशन हुने भएको छ ।

प्रतिष्ठानको तदर्थ समिति यूएईको मार्च ३० तारिक २०१८ शुक्रबारको बैठकले पहिलो अधिवेशन आगामी जुन २२ मा गर्ने निर्णय गरेको हो । बरदुबई स्थित नमस्ते ट्राभल्समा बैठक बसि पहिलो अधिबेशनको मिति निर्धारण गरिएको हो ।

तदर्थ समितिका संयोजक गोपिकृष्ण पंगेनीको अध्यक्षतामा बसेको उक्त बैठकले यूएईमा श्रमरत धेरै लोकपारखीहरुलाई प्रतिष्ठानमा आबद्ध गराएर लोक संगीतको बिकास गर्ने र यूएईको नेपाली लोक संगीतलाई व्यवसायिक बनाउन अधिवेशन केन्द्रित हुने बताइएको छ ।

परिचयात्मक कार्यक्रममा बोल्दै शुभचिन्तक राजा बगरले गीत संगीत क्षेत्रको विकास गर्न संस्था खोलिनु राम्रो भएको तर नाम अनुरुप संस्थाहरुले योगदान र क्रियाशीलता जनाउनुपर्नेमा जोड दिएका थिए ।

तदर्थ समितिका सचिब ओमकार पोख्रेलले संचालन गरेको बैठकमा संस्थालाई माया गर्ने केही नयाँ अनुहारहरुलाई स्वागत गर्ने बताए ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानबाट आएको पत्र अनुसार ६ महिनाभित्र अधिबेशन गर्नु पर्ने भएकोले गर्दा उक्त मिति तय गर्दै नेपाली संगीतलाई माया गर्ने सबैलाई सहयोग गर्न संयोजक पंगेनीले अनुरोध गरेका छन् ।

यूएईमा रहेका लोक संगीतकर्मीहरुलाई अधिवेशनमा सहभागी हुन बैठकले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment