Comments Add Comment

‘कृ’को ‘उकालीमा अघि अघि’ बोलको गीत अब यस्तो बन्यो(भिडियो)


चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा केहि लाइन आफ्नो चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले उजुरी हाले । उनकै उजुरीको आधारमा चलचित्रका निर्माता सुवास गिरी एक दिन हिरासतमा बस्नुपर्‍यो भने ११ लाख क्षतीपूर्ती पनि तिर्नुपर्‍यो । शम्भुको यो कदमको चलचित्रकर्मीले चर्को आलोचना गरिरहेका छन् ।

शम्भुसँग निर्माता सुवास गिरीले यो गीत युटुबबाट हटाउने सहमति पनि गरेका थिए । सोही सहमति अनुसार ‘कृ’को सो गीत युटुबबाट हटेको छ । साथमा, हाइलाइट्स नेपालको आधिकारिक युटुब च्यानलमा अपलोड भएको गीतमा ‘उकालीमा अघि अघि’को ठाउँमा ‘ढुकढुकी’ राखिएको छ ।

अल्मोडा राना उप्रेतीले पहिले नै यो गीत तयार पारेका थिए । तर, गीतको विचमा ‘उकालीमा अघि अघि’ राख्ने निर्माता भूवन केसीको प्रस्तावमा केहि शब्द परिवर्तन गरिएको थियो ।

तर, अब ‘ढुकढुकी’ बोल समावेश गर्दै गीत युटुबमा अपलोड गरिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, स्वर र संगीत छ । सविन एकतारेले उनलाई शब्दमा साथ दिएका छन् ।

गीतको नयाँ भिडियोमा पुरानै गीतको भिडियो र केहि तस्बिर समावेश गरिएको छ । गीतको भिडियोमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment