Comments Add Comment

वैशाखमा बिहे गर्दै हुनुहुन्छ ? त्यसो भए यी कुरामा ख्याल राखौं

दाम्पत्य जीवन कसरी मधुर र मिठासपूर्ण हुन्छ ?

वैशाख लाग्दैछ, जो विहेको सिजन पनि हो । कतिपयले यही सिजनमा जोडी बाँध्ने योजना बनाइरहेको हुनसक्छ ।

बिहे जीवनको एउटा महत्वपूर्ण मोड यसकारण पनि हो कि, त्यही मोडबाट हाम्रो गृहस्थी जीवन सुरु हुन्छ । अर्थात यो जीवनको सुरुवात पनि हो । ठीक यही मोडबाट हामी एक्लो रहँदैनौं । कुनै विपरितरलिंगीसँग हामी एकाकार हुनुपर्छ । हाम्रा खुसी, सुख, दुख, पीडा सबै एकाकार हुनुपर्छ ।

पति र पत्नीको रुपमा एकअकाको अस्तित्व स्विकार्नुपर्छ ।

एकअर्काको कमजोरी स्विकारौं

हो, एकअर्कालाई स्विकार्नुपर्छ । किनभने फरक पृष्टभूमीमा हुर्किएका, फरक सोच र चिन्तन बोकेका, फरक ढंग र व्यवहारका व्यक्तिलाई लाइफ पार्टनरको रुपमा अंगाल्नुपर्छ । यस्तो अवस्थामा कतिपय सोंच, चिन्तन, व्यवहार आपसमा बाझिन्छन् । त्यो स्वभाविक पनि हो । यद्यपी दाम्पत्य सुखका लागि यस्ता कुरामा एकअर्काले सम्झौता गर्नुपर्छ ।

कोही सर्वगुणले सम्पन्न हुँदैनन्

पति वा पत्नी आफुले चाहेजस्तो हुँदैन । कोही पनि सर्वगुणले सम्पन्न हुँदैनन् । हरेकको केही न केही कमजोरी हुन्छ । त्यस्ता कमजोरीप्रति खेद व्यक्त गर्ने वा गुनासो गर्ने होइन । स्विकार्ने अभ्यास गर्नुपर्छ ।

एडजस्ट हुन समय लाग्छ

अक्सर दम्पतीको सुरुवाती दिनहरुमा यस्ता सानातिना कुरामा मनमुटाव हुने, झैझगडा हुने, असमझादी हुने समस्या देखिन्छ । यी सामान्य कुरा हुन् । जब दुई अलग मानिस एक हुन्छन्, उनीहरु आपसमा घुलमिल हुन अर्थात एडजस्ट हुनका लागि समय लाग्छ नै । एकले अर्कोलाई सहज रुपमा स्विकार्नका लागि केही धैर्यताको आवश्यक्ता हुन्छ ।

जब दिनहरु बित्दै जान्छ, पति-पत्नीले एकअर्काको आनीबानी बुझ्दै जान्छन् । एकअर्काको सवल पक्ष र कमजोर पक्ष पनि केलाउदै जान्छन् । क्रमस उनीहरुले एकअर्कालाई बुझ्छन् । एकअर्काको भावना, चाहना बुझ्छन् ।

सोचेजस्तो सबै कुरा ठिकठाक हुँदैन

सबै कुरा आफुले सोचेजस्तो ठिकठाक हुँदैन । आफ्नो लाइफ पार्टनरमा सबै गुण खोजेर हुँदैन । उसको कतिपय कमजोरीलाई स्विकार्नुपर्छ । सहज रुपमा लिनुपर्छ । त्यसैले त भनिएको हो, बिवाह एक सम्झौता पनि हो ।

बढी अपेक्षाले सम्बन्धमा तित्तता ल्याउँछ

नव जोडीमा असझदारी बढाउने एउटा तत्व भनेको अपेक्षा पनि हो । पति वा पत्नीले एकअर्कालाई गर्ने अपेक्षाले सम्बन्धमा तित्तता ल्याउँछ । अपेक्षा गर्नु मानविय स्वभाव हो । तर, त्यस्ता अपेक्षाहरु पुरा नहुँदा दुखी हुनु, रुष्ट हुन राम्रो होइन ।

पतिले यसो गरोस्, पत्नीले यस्तो गरोस् भनेर जुन किसिमको अपेक्षा राखिन्छ, त्यसले सम्बन्धलाई मिठासपूर्ण राख्नमा सहयोग गर्दैन । किनभने हामीले गर्ने सबै अपेक्षाहरु पुरा हुन्छ भन्ने छैन ।

तालमेल आवश्यक

पारिवारिक जीवन चलाउनका लागि दुबैको आ-आफ्नै भूमिका हुन्छ । भनिन्छ, नि एक हातले ताली बज्दैन । ताली बज्नका लागि दुबै हातको समान सहभागिता हुनुपर्छ । यस किसिमको सहभागिताले पारिवारिक जीवनको सन्तुलन बिग्रदैन ।

पति र पत्नीको काममा तालमेल मिल्यो भने नै पारिवारिक जीवन सहज हुने हो । तर, दुबैको क्षमता एकनास हुँदैन । आफुसँग जुन क्षमता छ, जुन ढंगले काम गर्ने कला-कौशल छ, त्यो पार्टनरमा पनि हुनुपर्छ भनेर अपेक्षा गर्नु मूर्खता हो । सबैसँग समान क्षमता हुँदैन ।

बिपरित गुण फाइदाजक

पतिले जे कुरामा दख्खल रख्छन्, पत्नीले पनि त्यही कुरा जानेको हुनुपर्छ भन्ने छैन । एक जना पाककलामा निपूर्ण छन् भने अर्को घरायसी साजसज्जामा पोख्त हुन सक्छन् । एक जनालाई कपडा धुन मन लाग्छ भने, अर्कोलाई सरसफाई गर्न जाँगर चल्न सक्छ । एक जना व्यवहारिक छन्, भने अर्को शैद्धान्तिक हुन सक्छन् । एकजना नरम छन् भने, अर्को केही कडा हुन सक्छन् । यी विपरित गुणको सही तालमेल भयो भने दाम्पत्य जीवन थप बलियो र सुमधुर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment