+
+
Shares

राष्ट्रपतिको सपथ विवादः सर्वोच्चले माग्यो कागजात

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १८ गते १५:४९

१८ चैत, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ अवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको छ । साथै संवैधानिक परिषद्को सिफारिस पनि मगाएको छ ।

सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्रचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।
अवकास पाइसकेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीले गराएको सपथ अवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?