१८ चैत, नवलपरासी । ४ वर्ष कतार बसेर फर्किएका छोरा एक महिनादेखि काठमाडौंबाटै वेपत्ता भएपछि परिवार उनका खोजीमा भौतारिएका छन् ।
नवलपरासीको मध्यविन्दु नगरपालिका १५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे १० फागुनमा १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएका थिए तर, विमानस्थलबाट बाहिरिएपछि उनी कहाँ पुगे भन्ने पत्तो पाउन सकेको छैन । उनका आफन्तले प्रहरी, प्रशासनमा हारगुहार गरेका छन् ।
४ वर्षदेखि कतारमा रहेका गोविन्द परिवारकै आग्रहमा स्वदेश फर्किएका थिए । आमा धनकला घिमिरे भनिन्, छोरा ४ बर्षदेखि कतार थियो । ३ वर्षदेखि घर सम्पर्क भएको थिएन, विदेशमै भएका आफ्नो दाइसँग कुरा हुन्थ्यो ।
उनले अघि भनिन्, दाइ फर्किएपछि पछिल्लो एक बर्ष उनले परिवारमा कुनै सम्पर्क गरेनन् । परिवारले म्यानपावरमार्फत खोजी गरेर घर र्फकन भन्यौं ।’
उनले हिड्ने बेलामा कुनै खबर दिएनन् । खोजी गर्दा फागुन १० गते एयरपोर्टबाट झरेको र ट्याक्सीमा बसेर बाहिरिएको सम्म भेटिएको उनले बताइन् ।
घिमिरेसँगै एउटै कम्पनीमा काम गर्ने रौतहटका साथीलाई भेट्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छुटिएको र त्यसपछि सम्पर्क नभएको बताएको धनकलाले सुनाइन् ।
गोविन्दसँग घर आउँदा पैसा खासै नभएका कारण कतै अलमलिएको हुन सक्ने परिवारको आशंका छ ।
घिमिरेका आफन्त शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहट समेत पुगेका थिए । त्यहाँबाट पनि कुनै खबर हात नलागेपछि उनका परिवार थप चिन्तित भएका छन् ।
प्रतिक्रिया 4