१८ चैैत, बुटवल । थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि मनाङ मर्स्याङदीसँग खेल्नेछ ।
आइतबार भएको अन्तिम सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंलाई १-० गोल अन्तरमा रोक्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।
थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले निर्णायक गोल गरे । बुद्धले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4