+
+
Shares

पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध, चलाए कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १८ गते १९:४९


१८ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो ।

मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो । ‘कार्यालय समयमा काम गर्ने हो, फेसबुक चलाएर बस्ने होइन,’ मेयर जिसीले भने, ‘फेसबुकले सेवा प्रवाहमै समस्या नपारोस् भनेर बन्द गराएका हौं ।’

बिहान सवा १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उनका अनुसार आइतबारबाट नै समयमा फेसबुक नचल्ने बनाइएको छ । कार्यालय समयमा फेसबुक चलाएको पाइए कर्मचारीलाई कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुक ब्लक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?