Comments Add Comment

स्मिथका बुवाले ग्यारेजमा थन्क्याए छोराको क्रिकेट सामग्री

१८ चैत, काठमाडौं । बल टेम्पिरिङ विवादमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अष्ट्रेलियन क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथका बुवा पिटर स्मिथले उनको क्रिकेट सामग्री ग्यारेजमा थन्काइदिएका छन् ।

अष्ट्रेलियाको समाचार च्यानल सेभेन न्युजले देखाएको भिडियो फुटेजमा स्टिभका बुवाले सबै क्रिकेट सामान गाडीमा लगेर ग्यारेजभित्र मिल्काएको देखिएको छ । सामान ग्यारेजमा राखेसँगै पिटरले भनेका छन्, ‘उ ठीक हुनेछ । उसको आश मर्ने छैन ।’

क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा बल टेम्पिरिङ विवादमा परेका स्मिथसँगै वार्नरलाई एक वर्ष र बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको छ । टिमका प्रशिक्षक ड्यारेन लेहमानले पनि राजीनामाको घोषणा गरिसकेका छन् ।

यसअघि अष्टे्रलिया आउने वित्तिकै घटनाको सबै जिम्मेवारी आफूले लिएको भन्दै स्मिथले सिड्नीमा भएको पत्रकार सम्मेलनमा आँसु नै झारेका थिए । स्मिथसँगै प्रतिबन्धमा परेका डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टले पनि माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment