Comments Add Comment

स्टोकमाथि आर्सनलको सहज जित


१८ चैत, काठमाडौं । अन्तिम १५ मिनेटमा तीन गोल गर्दै आर्सनलले पि्रमियर लिगमा स्टोक सिटीमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले स्टोकमाथि ३-० को जित निकालेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनल ७४ औं मिनेटसम्म गोलबिहीन थियो ।

तर, ७५ औं मिनेटमा पाएको पेनाल्टीमा पियरे इमरिक औबामेयाङले गोल गरे । खेलको ८६ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

निर्धारित ९० मिनेट सकिन एक मिनेट बाँकी छँदा अर्को पेनाल्टी पायो, जसमा अलेक्जेन्डर लेकाजेटले गोल गरे । जितसँगै आर्सनलको ३१ खेलबाट ५१ अंक भएको छ र अंक तालिकाको छैटौं स्थानमा छ २७ अंक जोडेको स्टोक रेलिगेशन जोनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment