+
+
Shares

प्रदेश १ का मुख्यमन्त्री भन्छन्- बुलेटको गतिमा काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते ७:४६

१९ चैत, विराटनगर । प्रदेश नम्बर १ लाई विकासको नमूना बनाउन बहस सुरु भएको छ । उद्योग संगठन मोरङका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र सचिवहरुबीच प्रदेश नम्बर १ लाई विकास र समृद्धिमा मुलुककै नमूना बनाउने विषयमा छलफल र बहस गरिएको हो ।

उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रममा विषयगत ज्ञान भएका विज्ञको समूह बनाएर तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विज्ञहरुले तयार पारेको कार्ययोजनाअनुसार बुलेटको गतिमा काम गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘सबै क्षेत्रमा एकैपटक हात हालेर भन्दा पनि दुई/चार वटा योजना छनौट गरी काम अगाडि वढाउने सोचमा प्रदेश सरकार रहेको छ, त्यसैको जगमा टेकेर क्रमशः प्रदेश सरकार विकास र समृद्धिको बाटोतर्फ उन्मुख हुनेछ ।’

उनले निजी क्षेत्रलाई एउटा नमूना योजना शुरु गर्न आग्रह गर्दै भने, ‘तपाईहरु निजी क्षेत्रले यहाँ यस्तो नमूना योजनाको काम अघि बढाउनु पर्‍यो, कुनै नमूनाको योजना विदेशीको सहयोगमा मात्र सम्भव छ भन्ने भ्रम अब निजी क्षेत्रले चिर्नु पर्‍यो ।’

पाँच वर्षभित्र प्रदेश १ लाई लोडसेडिङमुक्त बनाउने योजना समेत सरकारको रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?