Comments Add Comment

‘कान्छी’ हेर्न पुगे प्रचण्ड, भने-‘श्वेताजी र मेरो पीडा एउटै’


चलचित्र ‘कान्छी’को आइतबार बेलुकी कुमारी हलमा ‘भीआइपी शो’ आयोजना गरिएको छ । फागूण ४ गतेबाट रिलिज भएको यो चलचित्र हिट भएको थियो । चलचित्र हेर्नका लागि नेताहरु कुमारी हल पुगेका थिए ।

पूर्व प्रधानमन्त्री एवंम माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटा लगायत कुमारी हल पुगे ।

चलचित्रको ‘भीआइपी शो’मा डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरिएको थियो । सो अवसरमा प्रचण्डले नायिका स्वेता खड्का र आफ्नो पीडा एउटै भएको बताए ।
प्रचण्डले भने-‘श्वेताजीले मेरो निवासमा पुगेर मलाई निमन्त्रणा गर्दा मैले नाई भन्नै सकिनँ । श्वेताजी र मेरो परिवार एउटै पीडाबाट गुजि्रएको छ । त्यो पीडाको अनुभुतीको समानताका कारण उहाँले भन्ने वित्तिकै मैले हुन्छ भनेँ ।’ प्रचण्डले चलचित्र हिट भएको भन्दै स्वेता र टिमलाई वधाई पनि दिए ।

कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री स्वेता खड्काले देशका विशिष्टि व्यक्तिहरुले चलचित्र हेर्न समय निकाल्नु भएको भन्दै यसले आफूलाई उर्जा मिलेको बताइन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता खड्का र दयाहाङ राई मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment