+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भरतपुरकी मेयर रेणुले भनिन्ः सोचेजस्तो काम गर्न सकिएन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते १८:४२

१९ चैत, चितवन । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले सोचजस्तो काम गर्न नसकिएको स्वीकार गरेकी छिन् ।

करको दर बढाएको भन्दै आलोचना भइरहेका बेला सोमबार पत्रकार सम्मेलन गरेर मेयर दाहालले विभिन्न अवरोध र अप्ठ्याराका कारण चाहेर पनि काम गर्न नसकेको गुनासो गरिन् । ‘सवै जनप्रतिनिधिमा काम गर्ने तीव्र इच्छा भएको पाएकी छु तर अलमलमा परेको महसुस भएको छ’ उनले भनिन्, भरतपुरमा मात्र नभई देशभरका स्थानीय तहको अवस्था यस्तैछ ।’

अन्य महानगरको तुलनामा भरतपुर महानगरले भने एक कदम माथि रहेर काम गरेको उनको दाबी छ ।

भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क बहिरङग (ओपीडी) टिकटको व्यवस्था, भरतपुरका बसपार्कमा निःशुल्क वाईफाई, सडक बत्ति, पार्किङ व्यवस्थापन लगायतका काम महानगरपालिकाले उपलब्धीका रुपमा ब्याख्या गर्दै आएको छ ।

महानगरले पछिल्लो समय वृद्धि गरेको कर र दायराबारे पनि मेयर दाहालले प्रस्ट पार्ने प्रयास गरिन् ।

सबैको सहमतिमै कर निर्धारण गरिएको भन्दै उनले उद्योग वाणिज्य संघ र महानगरबीच कुनै विवाद नरहेको बताए । ठूला व्यवसाय र उद्योगमा कर वृद्धि गरिएको तर, जनतासँग सरोकार राखिएको विषयमा भने धेरै कर वृद्धि नगरिएको मेयर दाहालले स्पष्ट पारिन् ।

करको सम्बन्ध देखिएको समस्या राजश्व परामर्श समितिले समाधान गर्ने उनले जानकारी दिइन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले महानगरको करमा त्रुटी रहेको भन्दै सच्याउन माग गरे । चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले कर तिर्ने विषयमा व्यवसायीहरु एकमत भएको भन्दै समृद्ध महानगर बनाउने अभियानमा साथ दिने बताए । तर, कर प्रणालीमा देखिएका त्रुटीहरु सच्याउनुपर्ने उनको माग छ ।

भरतपुर महानगरपालिकाले बाषिर्क एक अर्ब आय पुर्‍याउन कर वृद्धि गरिएको स्पष्ट पारेको छ ।

यसअघि ११५ प्रकृतिका व्यवसायिक कर कर लगाउने गरिएकोमा अहिले बढाएर २०८ पुर्‍याएएको छ । होटल, अस्पताल र प्राविधिक शिक्षालयहरुमा करको दर बढाएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?