+
+

प्रदेश १ मा आर्थिक कार्यविधि ऐन बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते १८:५५

१९ चैत, विराटनगर । प्रदेश १ मा आर्थिक कार्यविधि ऐन बनेको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकबाट आर्थिक कार्यविधि ऐन ०७४ पास भएको हो ।

गएको १४ चैतमा बसेको प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले प्रदेश आर्थिक विधेयक संसदमा पेश गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार परेको विधेयकको विषयमा प्रदेशसभा वैठकमा सामान्य सैद्धान्तिक छलफलका लागि समय उपलब्ध गराइएको थियो ।

सोमवारको प्रदेशसभा बैठकमा शून्य समयमा सासदहरु विध्या कार्की,मोहन कृष्ण खड्का,योसदा अधिकारी, झलकबहादुर मगर, विमल कार्की, सावित्रा रेग्मीले बाढी पीडितको समस्या,लगायतका विषयमा भनाइ राखेका थिए ।

प्रदेशसभाको अर्काे बैठक २८ चैतमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?