Comments Add Comment

गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्व चयन

१९ चैत, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो ।

३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा वंशलाल तामाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मेनुका काˆले, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका हुन भने महासचिव तामाङ कांग्रेसका हुन् । महाधिवेशनले २१ बुँदे काठमाडांै घोषणा पत्र जारी गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय सरकारसँग माग पनि गरेको छ । नभए स्थानीय सरकार आफैले कर्मचारी व्यवस्थापन गर्ने बाटो खोलिदिन पनि संघीय सरकारसँग माग गरिएको घोषणा पत्र तयारी उपसमितिका संयोजक इश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment