Comments Add Comment

पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा तोडियो वाम एकता

१९ चैत, पोखरा । एमाले र माओवादी केन्द्रले चुनावी एकता मात्रै गरेनन्, पार्टी एकिताकै गृहकार्य गरिरहेका छन् । दुबै पार्टीका सबै कार्यकर्ता र संगठनलाई मिलाएर लैजाने पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बताइरहेका छन् ।

तर, धेरैको चासो छ, केन्द्रदेखि तल्लो तहसम्मका पार्टीका कार्यकर्ता र संगठनलाई कसरी मिलाउँछन् ?

पोखरा विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा यस्तै भएको छ ।

एमाले निकटको अनेरास्ववियु र माओवादी निकटको अनेरास्ववियु भागबन्डा नमिलेकै कारण एकल रुपमै निर्वाचनमा होमिएका छन् । दुबै संगठनले न्तिम समयसम्म संयुक्त रुपमा चुनाव लड्ने प्रयास गरेका थिए तर, भागबन्डा नमिलेपछि एकता भाँडियो र एकल रुपमै उम्मेदवारी दर्ता गराएका छन् ।

क्रान्तिकारीले सचिव र कोषाध्यक्ष मागेको थियो । तर, अनेरास्ववियुले अध्यक्ष र सचिव दुबै आफूले लिने बताएपछि संयुक्त रुपमा चुनाव लड्ने प्रयास असफल भयो ।

पोखरा विश्वविद्यालयमा चैत २१स्ववियु चुनाव हुँदैछ । बुधबार ५४ जनाले उमेदवारी दर्ता गरेका छन् ।

चुनावका लागि नेविसंघ, अनेरास्ववियु, क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र स्वतन्त्रले सिंगल प्यानल दर्ता गराए । ११ सदस्यीय स्ववियुमा ५ प्यानलबाट ४३ जना र ११ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

अनेरास्ववियुबाट सभापतिमा सुनिल तिमिल्सिना, सचिव सुरज परियार र कोषाध्यक्ष प्रकृति दवडी छन् । अनेरास्ववियु क्रान्तिकारीको प्यानलबाट सभापतिमा सुदन पन्त, सचिव विनायक तिमिल्सिना र कोषाध्यक्षमा सामना सुवेदी छन् ।

समाजवादी फोरमका तर्फबाट राजेश यादवको नेतृत्वमा सचिव रमेश शाह र कोषाध्यक्ष मन्दाकिनी महतोले पनि मनोनयन दर्ता गरे ।  नेविसंघबाट डिफान भुजेलको नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ । सचिवमा नारायण सापकोटा र कोषाध्यक्ष विनिता लामिछाने छन् ।

राष्ट्रिय जनमोर्चा समर्थक अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई उम्मेदवार बनाएको छ भने अरु पदमा उम्मेदवार उठाएको छैन ।

सुवासप्रसाद पौडेल स्वतन्त्र रुपमा सभापति उठेका छन् । यस्तै सभापतिमा स्वतन्त्र उम्मेदवारी दिनेमा कुसुमशिला भट्ट र विमान प्रधान पनि छन् । भट्ट अनेरास्ववियु र प्रधान नेविसंघकमा वागी हुन् ।

सचिवमा स्वतन्त्र उम्मेदवारी दिने विनोद भण्डारी पनि अनेरास्ववियु क्रान्तिकारीका वागी उम्मेदवार हुन् ।

सबैले सिंगल प्यानलबाट उम्मेदवारी दर्ता गराए पनि अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरम नेपालबीच संयुक्त प्यानल बनाएर जाने बताइए पनि निर्णय जुटेको छैन ।

अनेरास्ववियु र समाजवादी फोरमबीच समानुपातिक सहसचिव, १ प्रत्यक्षर १ समानुपातिक सदस्य समाजवादी विद्यार्थी फोरमलाइ दिनेगरी सहमति भइसकेको छ ।

तर, अनेरास्ववियु र क्रान्तिकारी बीच भने सहमति हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment