Comments Add Comment

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद थपियो

असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउन प्रधानमन्त्रीको निर्देशन

२० चैत, काठमाडौं । भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ । यसअघि यस्तो म्याद चैत मसान्तसम्म थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ ।

समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउन निर्देशन दिएका थिए । त्यसका लागि आइपर्ने अड्चन तुरुन्तै फुकाइने उनले बताए ।

आवास निर्माण पहिलो प्राथमिकतामा

निजी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य चौकी, शिक्षा र पुरातात्विक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ । बनिसकेका घरलाई भने अनुदान दिइने छ ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसालले दिएको जानकारीअनुसार भूकम्प पीडितका एक लाख १४ घर बनिसकेका छन् । ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहेमा आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य पूरा हुने भुसालले दावी गरे ।

कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment