Comments Add Comment

भगवान भरोसामा इमोरजेन्सी सेवा !

२० चैत, काभ्रे । दुर्घटना, विपद् र जोखिमका क्रममा हुने पहिलो उपचारमा नै दक्ष जनशक्तिको कमी रहेको इमरजेन्सी विभागमा कार्यरत डाक्टरहरुले गुनासो गरेका छन् ।

धुलिखेल सामुदायिक अस्पताल इमरजेन्सी विभाग र यूएसएको मेडिकल कलेज अफ विसलोनसिनले राखेको गोष्ठीमा सहभागीहरुले इमरजेन्सी जस्तो सेवालाई प्रभावकारी, उपकरणयुक्त र दक्ष जनशक्तिको व्यवस्थापन हुन अझै कठिन हुनु दुःखत रहेको बताएका छन् ।

धुलिखेल अस्पतालका कार्यकारी प्रमुख डा. राजेन्द्र कोजुले इमरजेन्सी उपचारमा ध्यान दिन सक्यो भने, छुट्टै जीवन मानिसले पाउने बताए ।

मेडिकल कलेज अफ विसलोनसिनका प्रा.डा. स्टेफन हर्गटन, डा. विपिन थापा र डा. माईकलले यूएसमा प्रयोग गरिदै आएको इमोरजेन्सी सेवाको विषयमा आफ्ना अनुभव सुनाएका थिए ।

वीर अस्पताल, पाटन, धरान, काडमाडौ मेडिकल कलेज, किस्ट लगायतका १५ वटा अस्पतालका ५० जना इमोरजेन्सी विभागमा कार्यरत डाक्टरहरुले इमोजेन्सी सेवामा नेपालको अवस्था बारेमा आफ्नो धारण राखेका थिए ।

पहिलो पटक इमोरजेन्सी विभागका विषयमा भएको यो ठूलो पैरवी समेत हो ।

विभिन्न सङकटमा एम्बुलेन्स भित्र नै गरिने व्यवस्थापन, उपकरणको व्यवस्थापन र दक्ष जनशक्तिको व्यवस्थापनको विषयमा देशभरबाट आएका डाक्टरहरुले आफ्नो धारणा र अनुभव राखेको धुलिखेल सामुदायिक अस्पतालका इमोरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले बताए ।

डाक्टरहरुको भेलाले इमोरजेन्सी सेवालाई प्रभावकारी बनाउने गरी काम गर्न सरोकारवाला निकायसँग माग समेत गरेको छ ।

इमोरजेन्सी सेवा भित्र सेकेन्ड सेकेन्डमा मान्छेको ज्यानको सवाल हुने भएकाले यसको प्रभावकारिता हुनुपर्नेमा प्रा.डा. भरत यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment