Comments Add Comment

कागजपत्र माग्दा ट्राफिक प्रहरीमाथि नै हातपात, ३ जना समातिए

२० चैत, काठमाडौं । काठमाडौं–२६, ठमेलमा आइतबार राति ड्यूटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

ठमेलको सातघुम्ती चोकमा प्रहरी जवान राहुलकुमार सिंहमाथि अश्लिल शब्द प्रयोग गरी धाकधम्की र हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरी पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार तीब्र गतिमा आइरहेको बा १५ च ८९४४ नम्बरको निजी कार सवारी निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गरेपछि त्यसलाई पिछा गरेर सोधपुछ गर्दा उनीहरुले कागजात नदिइ उल्टै सार्वजनिक स्थानमा प्रहरीमाथि हातपात गरेका थिए ।

मादक पदार्थ सेवन गरेका उनीहरुले प्रहरीलाई करेन्ट लगाऔं भन्दै सडक किनारमा लत्रिएको विजुलीको तारले प्रहरी जवानको शरीरमा घोचेका थिए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले पक्राउ गरेर सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment