Comments Add Comment

झुन्डिएको अवस्थामा मृत फेला परे उपसचिव


२१ चैत,बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आचार्यलाई प्रहरीले मंगलबार उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला पारेको हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा आचार्य मृत फेला परेको जानकारी दिए ।

आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए ।

चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य करिब २ साताअघि मात्रै भैरहवा आएका थिए ।

मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।

घटनाको खबर पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले मृतक आचार्यलाई पोष्टमार्टमका लागि राति नै भैरहवास्थित भीम अस्पतालमा लगेको थियो । आचार्यको पोष्टमार्टम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment