+
+

५० अर्बका अमेरिकी उत्पादनमा थप २५ प्रतिशत कर लगाउने चीनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १५:०३

२१ चैत, काठमाडौं । चीनले १ सय ६ प्रकारका अमेरिकी उत्पादनहरुमा अतिरिक्त २५ प्रतिशत भन्सार लगाउने भएको छ ।

पछिल्लो समय अमेरिका र चीनबीच ब्यापारिक तनाव बढ्दो छ र ब्यापार युद्धको त्रास विश्वभर देखिएको छ ।

अमेरिकाले हालै मात्र चीनबाट आयात हुने बस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेको थियो । त्यसको जवाफमा चीनले ३ अर्ब अमेरिकी डलर बराबर कर बढायो ।

बुधबार चिनियाँ अर्थ मन्त्रालयले १ सय ६ प्रकारका अमेरिकी उत्पादनमा अतिरिक्त २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ । अतिरिक्त कर लाग्ने सामानहरुमा सोयाबिन, अटो, रसायन, हवाईजहाजका केही प्रकार, मकैका उत्पादन लगायत छन् ।

यस्तै ह्वीस्की, चुरोट, सुर्ति, गाईको मासु, लुबि्रकेन्ट र विभिन्न प्लास्टिकका उत्पादनहरुमा पनि अतिरिक्त कर लगाइने छ । अमेरिकी अरेन्ज जुस, कटन, गहुँ, ट्रक, विद्युतीय सवारीलाई पनि नयाँ करको दायरामा ल्याइएको समाचारहरुमा जनाइएको छ ।

अतिरिक्त भन्सार लाग्ने सामग्री सन् २०१७ मा ५० अर्ब अमेरिकी डलर बराबरका आयात भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?