+
+
Shares

यात्रुलाई सिन्डिकेटको सास्तीः आशा साझा र मयुरमाथि (फोटोफिचर)

मिलन अधिकारी मिलन अधिकारी
२०७४ चैत २१ गते १७:४५


२१ चैत, काठमाडौं । एकोहोरो बर्सिरहेको पानीमा निथ्रुक्क भिजेका यात्रुहरु सडक छेउमा उभिएका थिए । बस कुर्दाकुर्दै यात्रीहरुको आँखा थाकिसकेका देखिन्थे ।

तर पनि आशा मयुर र साझा यातायातका बस आउँछन् कि भन्ने नै थियोे । फाटपफुट आइपुग्ने बसमा चढ्न पाउँदा उनीहरुको उत्साह नौलो देखिन्थ्यो ।

कुरिरहेका यात्रुलाई मयुर र साझाका बसमा पनि सजिलोसँग यात्रा गर्न पाइँदैन भन्ने थाहा छ, किनकी कोटेश्वरपूर्वमा चल्ने अरु सबै बसहरु आन्दोलनमा छन् । जति भीड र असहजता भएपनि गन्तब्यमा नपुगी पनि भएको छैन ।

सार्वजनिक यातायातमा सरकारी हस्तक्षेप शुन्य हुँदा सर्वसाधारणले कति दुःख पाइरहेका छन् भन्ने बुधबार काटेश्वर-धुलिखेलमा प्रष्ट देखियो । आफूले थोत्रा बस चलाइरहेका रुटमा नयाँ बस जान निषेध गर्दै पुराना ब्यवसायीले गरेको यो हर्कतले सर्वसाधारणमा आक्रोश पैदा भएको छ ।

भक्तपुर र काभ्रेका स्थानीयले अहिले चर्को सास्ती भोग्दैछन् । सो क्षेत्रमा पुग्नुपर्नेहरुलाई पनि असजिलो भएको छ ।


सुविधासम्पन्न मयुरका बस चलेपछि आइतबारदेखि ग्रामीण भेगमा पुराना सवारीधनीले बुधबारबाट कोटेश्वरपूर्वको सबै सार्वजनिक सवारी ठप्प पारे । यसका कारण यात्रुले निकै कष्ट ब्यहोर्दैछन् ।

सिन्डिकेट तोड्न नदिन गरिएको यो हड्तालले यात्रुलाई सार्वजनिक यातायात सेवाप्रति बितृष्णा पैदा गरेको छ । तर, ठूला बस ल्याएर सेवा दिन लागिरहेका व्यवसायीहरुप्रति उनीहरु कृतज्ञ पनि छन् ।

तर, सरकारले फेरि पनि ब्यवसायीको दबाबमा सिन्डिकेटलाई जोगएर राख्छ कि भन्ने आशंका भने सर्वसाधारणमा छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?