+
+
Shares

मनलाग्दी शुल्क नउठाउन निजी विद्यालयलाई शिक्षामन्त्रीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १७:३८


२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन,’ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने,’मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । यही क्रम जारी रह्यो सरकारले नियमअनुसार कारवाही थाल्छ ।’

विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने भन्दै मन्त्री पोखरेलले बताए । विद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत हो मन्त्री पोखरेलले भने,’ सामाजिक न्यायमा आधारित रहेर काम गर्नुस् ।’
नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउँदै पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिए ।

निजी, सहकारी, र सार्वजानिक तिनै निकायसँग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको भन्र्द उनले समुदायमा आधारित शिक्षा हुनुपर्ने बताए ।

बैसाख पहिलो साताबाट बृहत विद्यार्थी भर्ना अभियान शुरु गरिने बताउँदै पोखरेलले एक जनाले एक बालबालिका भर्ना गर्ने गरी अभियान चल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?