Comments Add Comment

अप्रिलमा जन्मनुभएको हो ? अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्

कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन (सकारात्मक अर्थमा) पाइन्छ । यिनीहरूको स्वभाव अचम्मलाग्दो हुन्छ ।

रिसमाथि अलिकति पनि नियन्त्रण रहँदैन । मुखमा आएको कुरा बोलिहाल्ने अनि अरूले चाहिँ आफूलाई माफ गरिदिऊन् भन्ने आश राख्ने स्वभाव हुन्छ । यति हुँदाहुँदै पनि यिनीहरू रामरमाइलो गर्ने कुरामा अग्रसर तथा हरेक किसिमका पार्टी एवं फंक्सनका अवसरमा सबैको नजर आफूतिर तान्नसक्ने दक्षताले युक्त हुन्छन् । यो महिनामा जन्मने युवावर्गको सेन्स अफ ह्युमर पनि सार्‍है राम्रो हुन्छ ।

अप्रिलवालाहरूको खास विशेषता के हो भने यिनीहरू सार्‍है रोमान्टिक हुन्छन् । सोर्‍ह वर्ष उमेर पुग्दानपुग्दै यिनीहरूको लभ अफेयरका चर्चा फैलिसक्छन् । यिनीहरूमा एकै पटक चार-पाँचवटा अफेयर सम्हाल्नसक्ने खुबी हुन्छ । यति कुशल नाटकबाज हुन्छन् कि जस्तोसुकै चलाख भन्नेहरू पनि यिनीहरूको जालमा फसिहाल्छन् । लुकिचोरी गरिएका काम अरूले थाहा पाए भने रुन्चे अनुहार लगाएर यति निर्दोषजस्तो बन्छन् कि आक्रमणको उद्देश्यले आएकाहरू समेत यिनीहरूमाथि दया देखाउन थाल्छन् । आवश्यक परेका बेलामा रुनु-कराउनु, नाटक पार्नुजस्ता कार्य यिनीहरूका लागि बायाँ हातको खेल हो ।

सेक्सको मामिलामा पनि खुबै भाग्यमानी हुन्छन् । यिनीहरूलाई विपरीत लिङ्गीबाट पनि पर्याप्त प्रेम प्राप्त हुन्छ । यिनीहरूको आफूमाथिको नियन्त्रण केही कम हदसम्म कम हुन्छ तसर्थ अवसर पाउने बित्तिकै यिनीहरू कुनै पनि सीमा नाघ्न अप्ठ्यारो मान्दैनन् ।

अप्रिलमा जन्मिएका युवा खेलकुद, पत्रकारिता, विज्ञापन एजेन्सी एवं राजनीतिक क्षेत्रमा सफल हुन्छन् । यिनीहरूको विशेषता नै मान्नुपर्छ- सार्‍है मोजमस्ती एवं उटपट्याङ तथा नैतिक-अनैतिक जस्तोसुकै काम गरिसकेपछि पनि विवाहपश्चात् सम्बन्धमा यति गम्भीर एवं समर्पित भएको नाटक गर्छन् कि यिनीहरूको पुरानो कुरामाथि कसैलाई विश्वास नै हुँदैन । यिनीहरू विलक्षण प्रतिभाका धनी हुन्छन् । जुनसुकै क्षेत्रमा कदम राखे पनि सफलताको शिखर चुम्न सक्छन् । मिडियामा छाइरहन जानेका हुन्छन्, चाहे उक्त फिल्डसँग कुनै लेनादेना नै किन नहोस् ।

यो महिनामा जन्मिएका युवतीहरू फाल्तु खर्च गर्नमा नम्बर वान हुन्छन् । कसैले यो बानीलाई लिएर केही भन्यो भने यिनीहरूलाई सहन हुँदैन । यिनीहरू रिसालु हुन्छन्, रिस उठेको बेलामा आँखा देख्दैनन् तसर्थ यिनीहरू रिसबाट बच्नु नै श्रेयस्कर हुन्छ । बोली छुच्चो हुने भए पनि मुस्कान मीठो हुन्छ । यिनीहरूले सफल हुन चाहने हो भने बोलीमाथि नियन्त्रण राख्नुपर्ने हुन्छ ।

आफ्नो गल्तीलाई अरूको टाउकामा थोपर्न छाड्ने हो भने यिनीहरूको तेजका अगाडि टिक्न हिम्मत कसैको हुँदैन । यिनीहरू आफ्नो दुस्मन आफैं हुन् तर संसारलाई दुस्मन देख्छन् । यिनीहरूलाई आफ्नो रूप एवं सौन्दर्यमाथि गर्व हुन्छ, यसकारण अप्रिलमा जन्मिएका अधिकांश सुन्दरीहरू घमन्डी एवं पुल्पुलिएका हुन्छन् ।

भाग्यशाली अंकः १, ४, ५, ८

भाग्यशाली रंगः सुन्तला, कलेजी र सुनौलो (गोल्डेन)

भाग्यशाली वारः आइतवार, बुधवार, शुक्रवार

भाग्यशाली रत्नः माणिक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment