Comments Add Comment

टाइगरको स्टारडम चम्कियो, ‘बागी’ले ६ दिनमै कमायो सय करोड


बलिउडमा अब नयाँ स्टार थपिएका छन् । लामो समयदेखि क्लिन हिट चलचित्रको लागि प्रयासरत नायक टाइगर श्राफको स्टारडम यसपटक देखिएको छ । यसअगाडि केहि चलचित्र हिट र केहि चलचित्र असफल दिएका टाइगर यसपटक भने आफ्नै दममा चम्किएका हुन् ।

उनले, अभिनय गरेको चलचित्र ‘वागी २’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो दिन नै २५.१० करोड कमाएर तहल्का मच्चाएको यो चलचित्र ६ दिनमै सय करोड क्लबमा प्रवेश गरेको छ । टाइगर अभिनित यो पहिलो चलचित्र हो, जसले सय करोड कमाई गरेको छ ।

चलचित्रले वुधबारसम्म १०४.९० करोड कमाई गरेको छ । चलचित्रको रफ्तार कम भएको छैन । योसँगै बलिउडमा यो बर्ष ३ वटा चलचित्रले सय करोडको आँकडा पार गरेका छन् ।

टाइगरको एक्सनको अहिले खुबै तारिफ भैरहेको छ । टाइगरले यो चलचित्रका लागि एक्सनमा कडा मिहिनेत गरेका थिए । बलिउडमा पछिल्लो पुस्ताका नायकहरुमा बरुण धवन चम्किरहेको समयमा अब टाइगर श्राफ पनि थपिएका छन् । चलचित्रमा टाइगरकै रियल लाइफ प्रेमिका दिशा पटानी नायिकाको रुपमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment