२२ चैत, काठमाडौं । काठमाडौं वडा नं. ९ को नयाँ बजारमा रहेको दुर्क कम्प्यूटर सिस्टम सेन्टरका सञ्चालक नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुर्कुमान महर्जन छन् । विशेष सुकारीका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले सेवाग्राही बनेर गरेको अप्रेशनका क्रममा उनी पक्राउ परेका हुन् ।
उनको साथबाट शंकास्पद कागजात तथा कार्डहरु फेला पारिएको परिसरले जनाएको छ । उनीविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ७ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4