+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

प्रधानमन्त्रीलाई कमल थापाको सुझाब: भारतलाई अस्थायी पुल निर्माणको स्वीकृति नदिनू

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १७:५४

२२ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल-भारत सीमा नदीमा अस्थायी पुल निर्माणका लागि भारतलाई नेपाल सरकारले स्वीकृती दिनु राष्ट्रहित विपरीत हुने बताएका छन् ।

यही चैत २३ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा सुझाव दिदै अध्यक्ष थापाले यस्ता राष्ट्र हित विपरीत काम गर्न समेत सुझाएका छन् । ‘भारतको सुरक्षाको बिषयमा छिमेकी राष्ट्रले चासो दिनु सकारात्मक भएपनि एकपक्ष रुपमा निर्माण भएका योजनालाई स्वीकृती दिनु राष्ट्र हित विपरीत हो ।’

नेपाल-भारत सीमा नदीमा भारतले नेपाल सरकारको अनुमति विना नै अस्थायी पुलहरु निर्माण गरिरहेको छ ।

यस्तै अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालबीच भएका सन्धीहरु परिमार्जन गरी कार्यान्वयन गराउन पहल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमण सफलताको कामना गर्दै भ्रमणको क्रममा भारत र नेपालबीच भएका पुराना सन्धिहरुहरु पनरावलोकन गरी पुनः कार्यान्वयन गराउन र राष्ट्रको हित हुने दुरागामी योजनाका बिषयहरुमा मात्रै भ्रमण केन्द्रित हुनुपर्ने अध्यक्ष थापाले सुझाए ।

राप्रपा मकवानपुरका नगर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणका बेला दुई देशबीच भएको १९५० को शान्ति तथा मैत्री सन्धिलाई पुनरावलोकनका लागि गठित नेपाल भारत प्रवुद्ध समूहको म्याद ६ महिना थप गर्न समेत सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?