+
+

४० लाखसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १८:४१

२२ चैत, बुटवल । रुपन्देही प्रहरीले ४० लाख रुपैयाँसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपक कुमार मल्लिक र धनवन्त कुमार अग्रवाल रहेका छन् ।

प्रहरीले विशेष सूचनाको आधारमा सिद्धार्थ नगरपालिका- १ बेलहिया वाईपास सडक खण्डमा लु.२२.प. ३८७१ नम्बरको स्कुटीमा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ र नेपाल एसबिआई बैङ्कको ३० हजारसहित दिपककुमार मल्लिकलाई पक्राउ गरेको हो ।

मल्लिकलाईसोधपुछ गर्दा रकम सिद्धार्थ नगरपालिका ८ का ३७ वर्षीय धनवन्त कुमार अग्रवालको भएको पत्ता लागेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । अग्रवालबाट बरामद भएको रकमको श्रोत नखुलेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबैलाई आवश्यक कारवाहीको लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?